सिरहामा प्रेसर कुकर बम विस्फोट, तीन जना घाइते

Posted on: 22 Dec, 2017

पुस ७, काठमाडौँ । सिरहको मालपोत कार्यालयमा वम विस्फोट भएको छ । 

विस्फोटमा परि तीन जना घाइते भएका छन् । वम विस्फोटमा परि सिराहका राजकुमार पासवान उनका छोरा र सिराहकै पवन पासवान घाइते भएका छन् । 

सिरहाको सदरमुकारमा रहेको मालपोत कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ । घटनामा परि घाइते भएका तीन जनाको सदरमुकाममा रहेका अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!