कांग्रेसले हार्नुको निष्कर्ष: 'ज्योतिषीले ७ चोटी प्रधानमन्त्री बन्छौं भनेको कुरा भन्न नहुने'

Posted on: 22 Dec, 2017

प्रेम सुनार | पुस ७, गुल्मी | नेपाली कांग्रेस गुल्मीको जिल्ला पार्टी  बैठकले  यसपालीको निर्वाचनमा काग्रेंसको पराजयको मुख्य कारण वामगठबन्धन भए पनि  केन्द्रिय नेतृत्वमा रणनैतिक चतुर्यता नहुँनु र अभिव्यक्ति पनि गलत हुनु   चुनावी पराजयको  अर्को कारण भएको निष्कर्श निकालेको छ । आज सदरमुकाम तम्घासको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधी सभा र प्रदेश सभाको चुनावी समिक्षा  बैठकको विश्लेषण सार्वजानिक गर्दै यस्तो निष्कर्श वाहिर ल्याएको हो ।  

काँग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले बैठकका निर्णयहरु सार्वजानि गर्दै भने– एकै चोटी दुई तहको निर्वाचन गराउन नहुने कुरामा नेतृत्वमा रणनैतिक चुतुर्यता पाईएन  । उनले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव ताका  दिएका अभिव्यक्ति पनि गलत भएको धारणा राखे   । उनले भने –उहाँ  जस्तो नेताले ७ चोटी प्रधानमन्त्री बन्छौ भनेर ज्यातिषले भने भन्ने कुरा भन्न  नहुने , कम्युनिष्टहरुले जिते भने अधिनायकवाद ल्याउँछन र जनताहरु रुन समेत पाउने छैनन् जस्ता अभिव्यक्तिहरु पनि दिन नहुने पराजयको अर्को  कारण हुन सक्ने बैठकको निष्कर्ष रहेको छ  । ’ 


 श्रेष्ठले थपे–‘वामगठबन्धनका कारण मनोवैज्ञानिक असर पर्यो,  हारको मुख्य कारण वामगठन्धन नै हो तर पनि आफुहरुको संगठन कम्जोर हुनु , स्थानिय निर्वाचनको पराजयले कार्यकर्तामा गिरेको मानसिकता हटाउन सकेनौं , त्यस्तै विपक्षीहरुले कांग्रेस विरुद्ध छरेका भ्रमहरु प्नि चिर्न सकेनौ , अर्को कुरा कांग्रेस भित्र व्यक्तिवादी चिन्तन र आराजक प्रवृत्ति बढेको महुशुस समेत  पराजयका यिनै कारणहरु  रहेको पाईएको छ । 

तर उनले वामगठबन्धन संगै पार्टी भित्र स्थानिय निर्वाचन ताका सम्मको एक आपसको असन्तुष्टी अन्त्य भई पार्टी एक ढिक्का भएको ठोकुवा भने गरेका छन् ।  नेता श्रेष्ठले लोकतन्त्रमा जित हार स्वभाविक भएको र यसपाली जसले जिते हारे पनि  लोकतन्त्र र गणतन्त्रको जित भएको धारण राखे ।  यसापालीको निर्वाचन गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचन थियो , जुन कांग्रेसको नेतृत्वमा स्वन्त्र र निष्पक्ष ढंगले भएको छ , यसैलाई हामीले जित ठानेका छौं नेता श्रेष्ठले भने–‘ पराजय देखिए पनि प्रत्यक्ष र समानुपतिक तर्फ कांग्रेसले सम्मानजनक मत पाएको छ , भोलीका दिनमा संगठन सुदृढ गर्दै अगाडी बढिने छ निरास नहुन म कार्यकर्ता पक्तिलाई आग्रह गर्दछु ।  

त्यस्तै पार्टी सचिव खिलध्वज पन्थीले भने–‘ जहाँ पनि दलित र जनजातीहरु ब्ढि मात्रमा कम्युनिष्ट पार्टीहरुमा अन्धोभक्त भएर लागेको पाईयो , उनिहरुको गरिवी जस्ताको त्यस्तै हुँदा पनि उनिहरु असचेत भए ।  उनिहरुलाई पनि बुझाउन नसक्नु कांग्रेस पराजयको एउटा कारण हुन हाम्रो विश्लेषण छ  ।  कार्यक्रममा उप सचिव छन्दबहादुर पहराई , पुर्व सांसद रुद्रमणी शर्मा भण्डारी  लगायतका नेताहरु सहभागि थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!