एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर भेला सम्पन्न

Posted on: 23 Dec, 2017

भास्कर केसी/पुस ८, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनले  वेदकोट नगरपालिकाको शारदा माध्यमिक विद्यालयमा शिक्षकको वेतकोट नगर सम्मेलन सम्पन्न गरेको छ ।

शनिबार भएको उक्त कार्यक्रममा नव निर्वाचित नगर कमिटी गठन गरिएको छ ।


अध्यक्षमा झंकर राज जोशी, बरिष्ठ उपाध्यक्ष बलदेव जोशी, उपाध्यक्ष बलदेव भट्ट, महिला उपाध्यक्ष सिता गिरी सचिव गणश धानुक, अर्थ सचिव विरेन्द्र धानुक, सह सचिव अमर चुनारा, सदस्य किरण धानुक, विर बहादुर पाल, राजकुमारी गिरी, देवराज भट्ट, गगन दयाल, सोमती भण्डारी –खत्री) सहित चार जना पछि मनोनित हुने गरी १७ सदस्यिय कमिटी गठन गरियो  ।

साथै महेश दत्त जोशी संयोजक रहेको, कल्यान ओझा, पदम बोहरा, विर बहादुर खडयत, जै सींह रावल, सम्मिलित ५ सदस्यिय सल्लाहकार कमिटि समेत उक्त भेला बाट निर्वाचित भएको छ । 

एकिकृत अखिल नेपाल शिक्षक संगठनका नगर सम्मेलनका आयोजक समिति इन्र्चाज एवं जिल्ला कमिटि सचिव उजल सिंह धानुकको अध्यक्षतामा भएको उक्त कार्यक्रमा प्रमुख अतिथी वेदकोट नगरपालिका इन्र्चाज एवं नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक कमिटि सदस्य हिरा जैसी भाट रहनु भएको थियो ।

माओवादी केन्द्रका केन्द्रिय महाधिवेशन आयोजक कमिटि सदस्य डम्मबर भाट र मिन राज गिरीको विशिष्ट आथित्य तथा एकिकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष त्रय गंगा दत्त भट्ट, शेर बहादुर भाट तथा मोहन सिंह सावदको आथित्यतामा चलेको उक्त कार्यक्रममा स्वागत मनतव्य महेश दत्त जोशीले दिनु भएको थियो भने उक्त कार्यक्रममा पार्टीका तर्फबाट हिरा जैसी भाट, डम्बर भाट तथा मिनराज गिरीले सारगर्भिक भनाइ राख्नु भएको थियो । 

साथै एकिकृत अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष शेर बहादुर भाट र गंगा दत्त भट्टले संगठनिक महत्व एवं संगठनिक रणनितीका साथै नवनिवार्चित कमिटीलाई बधाइ ज्ञापन गर्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!