माओवादी केन्द्रद्वारा गाउँपालिका प्रमुख सहित दुई नेतालाई कारबाही, पार्टी सदस्यता खारेज

Posted on: 24 Dec, 2017

पुस ९, काठमाडौँ | प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा पार्टी हित विपरित काम गर्ने भन्दै माओवादी केन्द्रले दुई नेतामाथि कारबाही गरेको छ ।

माओवादी केन्द्रले बिरगंज क्षेत्र नम्बर ४ मा उम्मेदवार बनेकी उर्मिला अर्याललाई असयोग गरेको आरोपमा नेता जालिम मियाँ र बाबुराम कौशिकलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको हो ।

निर्वाचनमा आफ्नै पार्टीलाई असहयोग गरेको र पार्टी हित विपरित काम गरेको भन्दै  माओवादी पर्साले उनीहरुलाई कारवाही गरेको जनाएको छ ।

कारवाहीमा पर्ने मियाँ जगरनाथपुर गाउँपालिकाका प्रमुख हुन् भने कौशिक पूर्व जिल्ला संयोजक हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!