प्रदेश ७ को राजधानी दिपायल माग गर्दै आन्दोलन सुरु

Posted on: 27 Dec, 2017

प्रकाश बम/पुस १२, डोटी । ७ नम्बर प्रदेशको राजधानि दिपायल नै हुनु पर्छ भन्ने बिषयमा दिपायलमा आज अन्तरक्रिया कार्यक्रम गरीएको छ ।

डोटी उघोग बाणिज्य संघको आयोजना सो अन्तरक्रिया कार्यक्रम गरीएको हो । अन्तरक्रिया कार्यक्रम पछि राजधानि दिपायलमा बनाउनका लागि दबावका कार्यक्रम पनि सार्वजनिक गरीएका छन् । 


आज देखि पुस १८ गते सम्म बिभिन्न कार्यक्रम तय गरीएका छन् । आज पहिलो दिन अन्तरक्रिया तथा पिपल्ला बजारमा ¥याली गरेर रोडमा दबाबका कार्यक्रम र्साजनिक गरीएको थियो । 

त्यस्तै भोलि पुष १३ गते दिउँसो १ बजे सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा दिपायल राजधानीका लागि ध्यानाकर्षण पत्र बुझाउने, पुष १४ गते दिउँसो १ बजे पिपल्ला, राजपुर लगाएत बजार क्षेत्रमा मौन जुलुस प्रदर्शन, पुष १५ गते दिउँसो १ बजे कुलपाते क्षेत्रमा २ घण्टा चक्काजाम गरी कोण सभा आयोजना गर्ने कार्यक्रम तय भएको छ । 


त्यस्तै पुष १६ गते दिउँसो १ बजे पिपल्ला बजार क्षेत्रमा कोण सभा, पुष १७ गते पिपल्ला बजारदेखि राजपुरसम्म शान्तिपूर्ण र्याली र पुष १८ गते दिउँसो १ बजे क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडी दवावमूलक साहित्यिक कार्यक्रमको आयोजना गर्ने लगाएतका कार्यक्रम सार्वजनिक गरिएको छ । 

साता ब्यापि दबाबलाई केहि सहयोग पुगोस भन्दै बिभिन्न ब्यक्तिहरुले स्वतस्फुर्त रुपमा रु २० हजार आर्थिक सहयोग समेत गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!