सिरहामा लुकाईछिपाई लगाईएको ५ कठ्ठाको गाजा फडानी

Posted on: 28 Dec, 2017

राम नारायण पंडित/पुस १३, सिरहा । विभिन्न स्थानमा लुकाईछिपाई लगाईएको अवैध गाँजा खेती फडानी गर्ने कार्यलाई सिरहा प्रहरीले निरन्तरता दिएका छन् । 


आज (विहिवार) विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैया नगरपालिका ११ गधवा र नरहा गाउपालिका ३ खोरिया गरि करिब ५ कठ्ठाको ३४ सय गाजाको बोट फडानी गरि नष्ट गरिएको छ । 


गाँजा फडानीका लागी अभियान नै सञ्चालन गरिएकोले विभिन्न ठाउँमा लगाईएका गाँजा खेती नसकिएसम्म फडानी कार्य जारी रहने ईलाका प्रहरी कार्यालय मिर्चेयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्य बताए ।


गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने उनले वताए ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!