एकिकृत अखिल नेपाल शिक्षक संगठनको नगर सम्मेलन समपन्न

Posted on: 30 Dec, 2017

भास्कर के.सी/पुस १५, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनको कञ्चनपुरमा रहेका विभिन्न नगरपालिकामा नगर सम्मेलन सम्पन्न भएको छ । 

शनिबार (आज) सम्पन्न भएको नगरमा बैलोरी नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिका लगायत तिन स्थानमा सम्मेलन समपन्न भएको छ । शनिबार भएको सम्मेलन बाट बैलोरी नगरपालिकामा नगर कमिटि चयन गरिएको छ । मान बहादुर वि.क.को अध्यक्षतामा ११ सदस्यि कमिट चयन गरिएको हो ।  

वरिष्ठ उपाध्यक्षमा रामदास राना महिला उपाध्यक्षमा हेमलता भण्डारी उपाध्यक्षमा बलीराम चौधरी सचिवमा मुन्सी राना सह सचिवमा हिरा लाल चौधरी अर्थ सचिवमा मिरा विष्ट सदस्यहरुमा मिना चौधरी, रजनी राना, शान्ति कुवर र तेज बहादुर चौधरी सहितको ११ सदस्य कमिटि चयन भएको छ ।


साथै शिवलाल चौधरीको संयोजकत्वमा ६ सदस्यि सल्लाहाकार समिति पनि गठन भएको छ । 

उक्त कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष मोहन सिह सवादको सभापतित्वमा, प्रमुख अतिथि संगठनका जिल्ला अध्यक्ष टेक बहादुर चन्द, विशिष्ट अतिथिमा माओवादी केन्द्रका पार्टीका बैलारी इन्चार्ज अमर चौधरीको उपस्थिति रहेको थियो ।  

आजै कृष्णपुरमा पनि एकिकृत अखिल नेपाल शिक्षक संगठनको सम्मेलन सम्पन्न गरिएको छ । कृष्णपुर सम्मेलनबाट गणेश राम सार्कीको अध्यक्षतामा ११ सदस्यि गाँउ कमिटि गठन गरिएको छ । 

वरिष्ठ उपाध्यक्षमा नरेश धामी महिला उपाध्यक्षमा कृष्णा भट्ट उपाध्यक्षमा गजी राम सार्की सचिवमा मान बहादुर बुडा अर्थ सचिवमा गजेन्द्र भण्डारी सह सचिव महेश प्रसाद अवस्थी सदस्यमा छोटे राना (अमित), टेक ठगुन्ना, तारा दत्त अवस्थी, सुरज आग्री, अमर खाती, पुरन बुडा, बासुदेव भट्ट लगायत २१ सदस्यि नगर कार्यसमिति चयन भएको छ तथा ७ सदस्यि सल्लाहकार समिति गठन भएको छ  जस्मा संयोजक प्रेम दत्त कलौनी, सदस्य धन सिहं ऐरी, विक्रम थापा, र झंकर थापा लगायत । 

उक्त कार्यक्रम संगठनका अन्टोका जिल्ला सह सचिव एवं कृष्णपुर इंर्चाज गोबिन्द बहादुर ढाँड को सभापतित्वमा, माओवादी केन्द्रका केन्द्रिय सदस्य भरत सिंह धामी को प्रमुख आतिथ्यमा र नेकपा माओवादी केन्द्रका दिपक खत्री (निर्माण) विशिष्ट आतिथ्य रहको थियो भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष शेर बहादुर भाटले गर्नु भएको थियो भने कार्यक्रम संञ्चालन नाथ बहादुर बुडाले गर्नु भएको थियो सम्मेलनले निजी शिक्षकका बारेमा नगरपालिका र प्रत्येक विद्यालय विशिष्ट अतिथीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ ।

त्यसै गरी आजै कञ्चनपुरको पुर्नवास नगरपालिकामा पनि एकिकृत अखिल नेपाल शिक्षक संगठनको सम्मेलन सम्पन्न गरिएको छ ।

पुर्नवास सम्मेलनबाट दोज राज घिमिरेको अध्यक्षतामा ११ सदस्यि गाँउ कमिटि गठन गरिएको छ । वरिष्ठ उपाध्यक्षमा गिरी राज अर्याल महिला उपाध्यक्षमा कुसुम न्यौपाने उपाध्यक्षमा किसन सिह खत्री सचिवमा रत्न बहादुर विक अर्थ सचिवमा कालि नेपाली लगायतको ११ सदस्यि समिति गठन गरिएको छ तथा  शिवलाल चोधरीको संयोजकत्वमा ७ सदस्यि सल्लाहकार समिति गठन भएको छ । 

उक्त कार्यक्रम संगठनका मोहन सिह सावदको सभापतित्वमा, माओवादी केन्द्रका जिल्ला अध्यक्ष टेक बहादुर चन्दको प्रमुख आतिथ्यमा र नेकपा माओवादी केन्द्रका रोशन थापा(चटयाङ्ग)को विशिष्ट आतिथ्य रहको थियो भने अतिथीमा माओवादी केन्द्रका टेक बहादुर विक तथा धौल सिंह जागिरे रहनु भएको थियो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!