शिक्षक संगठन लालझाँडी गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

Posted on: 01 Jan, 2018

भास्कर के.सी/पुस १७, कञ्चनपुर । एकिकृत अखिल नेपाल शिक्षक संगठनको लालझाँडी गाँउपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको छ ।

अखिल नेपाल शिक्षक संगठनको विभिन्न चरणको सम्मेलनमा आज लालझाडी गाँउपालिकामा एकृकित अखिल नेपाल शिक्षक संगठनका जिल्ला सह सचिव एवं लालझाँडी इन्चार्ज गोविन्द ढाटको सभापत्विमा ११ सदस्यि कमीटि चयन भएको छ, अध्यक्षमा दिपेन्द्र राना, उपाध्यक्षमा राम कृष्ण चौधरी, महिला उपाध्यक्षमा रामजत्ति राना, सचिव सुन्दर चौधरी अर्थ सचिव हेम राना, सदस्य यमुना धानुक र नविन धानुक लगायत बाँकी सदस्य पछि चयन गर्ने ।


ढाँटको सभापतित्वमा भएको उक्त सम्मेलनमा प्रमुख अतिथि संगठनका केन्द्रिय उपाध्यक्ष प्रदेश नं.७ इन्र्चाज कृष्णकान्त जोशी (बोक्सर) विशिष्ट अतिथि जिल्ला अध्यक्ष एंव केन्द्रिय सदस्य टेक बहादुर चन्द, र घनाराम चौधरी अतिथीमा जिल्ला उपाध्यक्ष मोहन सावँद रहनु भएको थियो । स्वागत मन्तव्य भक्त राना ले गर्नु भएको उक्त सम्मेलनमा कार्यक्रम सञ्चालन दिपेन्द्र रानाले गुर्न भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!