बाग्लुङमा राजनीतिक विवादमा ढुङ्गा प्रहार हुँदा माओवादी नेता गम्भीर घाईते

Posted on: 03 Jan, 2018

पुस १९, बागलुङ । अाफ्नतकाेमा भोज खान गएका बेला राजनीतिक विवाद हुँदा काँग्रेस कार्यकर्ताले  प्रहार गरेको ढुङ्गाले लागेर माओवादी केन्द्रका नेता गम्भीर घाईते भएका छन् । 

बागलुङ जिल्लाकाे पश्चिम  निसीखोला गाउँपालिका वडा -६ भल्कोटका अन्दाजी ३९ वर्षीय लालकुमार बुढाले हानेको ढुङ्गाले लाग्दा सोही ठाउँका २६ वर्षीय कुशल बुढा मगर गम्भीर घाईते भएका हुन् । 


निशिकाे भल्कोटकै रिनुबाङ भन्ने ठाउँमा भएको विहेभोजमा गएका उनीहरुबीच भनाभनपछि मंगलबार राति  १० बजे  ढुङ्गा प्रहार भएकाे  निशी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक राजेन्द्र भुजेलले जानकारी दिएका छन  ।  

भुजेलले भने- पिडित बुढाले बिहान अाएर उजुरी दिएर जानुभएकाे छ, त्यस लगत्तै मैले मान्छे लिन पठाएकाे छु । अहिले घाइते बुढा उपचारका लागि बुर्तिबाङ जानुभएकाे छ । उहा आएपछि घटनाबारे थप कुरा खुल्छ ।

बुढाकाे निधार र दाहिने हातमा गम्भीर चोट लागेको बताइएको छ । स्थानीय मेडिकलमा उपचारपछि थप उपचारका लागि बुर्तिबाङ ल्याउदै गरेकाे प्रहरीले जनाएको छ । 

सामान्य राजनीतिक विषयमा कुराकानी भईरहेको अवस्थामा रक्सीले मातेर आएका लालकुमारले एक्कासी ढुङ्गा हानेको स्थानीय बेलबहादुर बुढाले बताए ।

कुशल नेकपा माअाेवादि केन्द्रका केन्द्रीय अायाेजक समिति सदस्य हुन । -बिमल खड्काको सहयोगमा

यस बिषयमा तपाइको प्रतिक्रिया...!