पूर्वराजा ज्ञानेन्द्र आज दाङ आउँदै

Posted on: 05 Jan, 2018

पुस २०, दाङ | पूर्वराजा ज्ञानेन्द्र शाह आज दाङ आउने भएका छन् । कार्यक्रम अनुसार आज बिहानै  पूर्वराजा ज्ञानेन्द्र शाह दाङ आउन लागेका हुन् ।

केही दिन पहिले आफ्नो लगानीको एक होटल उद्घाटन गर्न बाँके आएका थिए । पूर्वराजा शाह गाडीमै यात्रा गर्दै दाङ आउने भएका हुन् । शाहको स्वागतका लागि दाङमा ५०१ सदस्य समिति गठन भएको छ ।

दाङमा पूर्व राजा ज्ञानेन्द्रले दाङका विभिन्न धार्मिक स्थलमा पूजा गर्ने कार्यक्रम छ । शाहले आज बिहान घोराहीस्थित अम्वेकेश्वरी मन्दिर, रतननाथ मन्दिर र घोराहीको साईमन्दिरमा पूजा गर्नेछन् । साथै उनले सर्वसाधरणहरुसँग भेटघाट गर्नेछन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!