दिक्तेलमा बाम गठबन्धन र संघिय समाजबादीले चुनावी सामग्री हटाएनन्

Posted on: 05 Jan, 2018

चिसाङ शेर्पा/पुस २१, खोटाङ । खोटाङमा बाम गठबन्धन र संघिय समाजवादी फोरम नेपालले डेढ महिना बित्दा समेत चुनावी प्रचारप्रसारका सामग्री हटाएका छैनन् । 

गत मंसिर १० गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दिक्तेल बजारमा टाँगिएका पर्चा, पम्प्लेट, तुल, झण्डा, ब्यानर नहटाएको हो ।


बाम गठबन्धन एमाले–माओवादी केन्द्रले दिक्तेल बजारको भबनगैरा–त्रिबेणीचोक– हाँटडाडाँसम्म मात्रै चुनावी सामग्री हटाएका छन् । आचारसंहिता तोड्दै संघिय समाजवादी फोरम र राप्रपा प्रजातान्त्रिकले हाटँडाडाँ–रत्नपार्क र गठबन्धनले त्रिबेणीचोक–रत्नपार्कसम्म अझै चुनावी सामग्री हटाएका छैनन् । प्रतिनिधि र प्रदेशसभा निर्वाचन सकिएको महिनौ गुज्रिंदा पनि सम्बन्धित पार्टीले चुनावी प्रचारप्रसार समाग्री नहटाउँदा दिक्तेलबजार कुरुप भएको छ ।

पार्टीले आचारसंहिता उल्लङघन गरेको स्वीकार्दै बाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपसचिव कुमार आचार्यले केही दिनभित्र चुनावी सामग्री हटाउँने जानकारी दिनुभयो । संघिय समाजबादी फोरम नेपाल खोटाङका जिल्ला अध्यक्ष नविन राईले पार्टीभित्र चुनाबी सामग्री हटाउँने कुरा भईरहेको बताउनुभयो । शनिबार समिक्षा बैठक गरेर तत्काल हटाउने बताए । 


रुपाकोट मझुवागढी नगरपालिकाको गत पुस ५ गतेदेखी ११ गतेसम्म ‘नगर सरसफाई सप्ताहको समिक्षा कार्यक्रममा तीनदिन पडाछी हटाउने प्रतिज्ञा गरेका पार्टी तथा दलले त्यसको बेवास्ता गर्दा चुनावी सामग्री हट्न नसकेको रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो । 

दल तथा पार्टीलाई पुनः उक्त सामग्री हटाउन ताकेता गर्छौ, यदि उहाँहरुले नहटाए अनुमती लिएर नगरपालिकाले हटाउने नगरप्रमुख रिजालले बताए । उनले भने,“नगरपालिकाले चुनावी सामग्री हटाएर सटिङ गरी पार्टीलाई दिनेछ ।” 



यस बिषयमा तपाइको प्रतिक्रिया...!