रक्षामन्त्री प्रधान आज दिक्तेल आउँदै

Posted on: 07 Jan, 2018

चिसाङ शेर्पा/पुस २३, खोटाङ । रक्षामन्त्री भिमसेनदास प्रधानले आईतबार २ बजे सदरमुकाम दिक्तेल आउने भएका छन । 

बिहान दश बजे हलेसी बजार आगलागी निरीक्षण गरेर उनी दिक्तेल आउने भएका हुन् ।


नेपाली कांग्रेसका नेता समेत रहेका प्रधान शनिबारदेखी हलेसीमा हुनुहुन्छ । उनका प्रेस संयोजक महेश्वर गौतमका अनुसार बिहान दशबजे रक्षामन्त्री प्रधानसहित, हलेसी तुवाचुङ नगरपालिका प्रमुख इबन राई, प्रमुख जिल्ला अधिकारी एकदेब अधिकारी, जिल्ला समन्वय समिति संयोजक बबि चाम्लिङ लगायतले आगलागीको निरीक्षण गर्ने कार्यक्रम रहेको छ । 

हलेसी बजार आगलागी निरीक्षण पश्चात उनले दिउँसो दुईबजे पछि दिक्तेलमा प्रेस युनियन आबद्ध तथा अन्य पत्रकार भेटघाट र कांग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रम रहेको छ । उनी सोमबार राजधानी फर्कने कार्यक्रम छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!