गुल्मीका जनप्रतिनिधीहरुको अभिलेख खोजको प्रयास गर्ने कि ?

Posted on: 09 Jan, 2018

प्रेम सुनार | पुस २५, गुल्मी । गुल्मी जिल्लाको राजनैतिक ईतिहाँसमा अहिले सम्मका जनप्रतिनिधीहरुको कुनै पनि सरकारी निकायमा अभिलेख रहेको छैन् । जिल्लाका सिडियो एलडियो लगायतका सरकारी निकायका प्रमुखहरुको अभिलेख उनिहरुको कार्यकक्षमा टाँगिएको छ तर तत्कालिन राष्ट्रिय पञ्चायतका सदस्य देखि जिल्ला सभापति उपसभापति जस्ता जिल्ला हाँक्ने जनप्रतिनिधीहरुको अभिलेख नराख्नु भनेको कर्मचारीतन्त्रबाट लेखाजोखा नहुने गरेको प्रष्ट हुन आउँछ ।

जिल्लाका पुराना राजनैतिककर्मी बैकुण्ठबहादुर चन्द र उनका छोरा भरतबहादुर चन्दका अनुसार २००९ सालबाट गुल्मीमा प्रशासनिक निकाय सुरु भएको थियो । अर्घाखाँचीको खाँचीकोट गुल्मी दरवार, धुर्कोट , ईस्माकोट , मुसिकोट , चन्द्रकोट सहित ६ जिल्ला गुल्मी नामकरण भई गुल्मीको पहिलो बडाहाकीम गिरीप्रसाद बुढाथोकी थिए ।

क्रमशः कुञ्जविहारी प्रसाद सिंह , डोरविक्रम शाह , गुप्तबहादुर गुरुङ्ग, नन्दबहादुर मल्ल र २०१८ सालमा चन्द्रमान थाकाली चर्चित बडाहाकिमका रुपमा आए । उनि आएकै दोश्रो वर्ष धुर्कोटका प्रजान्त्रिक आन्दोलनका योद्धा शम्शेरबहादुर खत्रीको मौला भोग हाल्दै टाउँको काटेर प्रदर्शन गर्दै तम्घासको लाँकुर मञ्चमा ल्याएर लौ हेर तिमीहरुको हालत पनि यस्तै हुने छ भनेर धम्काउन लगाउने उनि नै थिए ।

प्रजातान्त्रिकका आन्दोलनका दमनमा उनि बढि उत्रिए पनि हालको सदरमुकाम तम्घासलाई वजारीकरणको सुरुवात गर्ने उनै थिए । उनि पछि जयप्रसाद शर्मा , नरकान्त अधिकारी बडाहाकीम भएर आए । बैकुण्ठबहादुर चन्द कै घरमा वसेका उनले कहिल्लै पनि वजारमा किनेर खान नखाने सधै घरबाट आटो पिठो लिएर खाने गरेको चन्दका छोरा भरतबहादुर चन्द बताउँ छन् ।

उनि नै अन्तिम बढाहाकीम भएको र त्यस पछि लवविक्रम शाह सहायक अञ्चालाधिषका रुपमा कार्यभार सम्हालन आएको चन्द बताउँ छन् । चन्दका अनुसार २०१५ साल उताका जनप्रतिनिधीहरुको सम्झना छैन् । २०१५ सालमा भएको राष्ट्रिय पञ्चायतको निर्वाचनमा पार गुल्मीबाट गिरीप्रसाद बुढाथोकी , यता काँशीनाथ गौतम, निलम्वर पन्थी, पुष्करनाथ उप्रेती निर्वाचित भएका थिए । उनिहरुका कार्यकाल जम्मा दुई वर्ष मात्रै बन्यो ।

२०२० सालको निर्वाचनमा गोकर्णाज सास्त्री, भिमबहादुर बुढाथोकी, दयानिधी शर्मा निर्वाचित भए । त्यसै बेला राजाले श्रीप्रसाद बुढाथोकीलाई मनोनयन गरेर राष्ट्रिय पञ्चायतमा लगेका थिए । त्यस यता पञ्चायतको अन्तिम काल सम्म श्रीप्रसाद बुढाथोकी र बैकुण्ठबहादुर चन्दको गुल्मीमा एकछत्र राज देखिन्छ ।

जिल्ला सभापतिका रुपमा पहिलो ईतिहाँस रच्ने व्यक्ति हुन गोकर्णराज सास्त्री । उनि पछि मित्रबहादुर रायमाझी , दयानिधी शर्मा , फेरी दुई कार्यकाल रायमाझी नै जिल्ला सभापति भएका थिए । उनि पछि दुई कार्यकाल बैकुण्ठबहादुर चन्द र रविलाल थापा पञ्चायतको अन्तिम जिल्ला सभापति रहेका थिए । रविलालको विचमा एक पटक कार्यवाहक जिल्ला सभापतिका रुपमा सम्शेरबहादुर कँडेल पनि रहेको चन्दले बताए ।

वहुदालिय व्यवस्था पछि २०४९ सालमा भएको स्थानिय निकायको निर्वाचनमा ८८५ मत ल्याएर कांग्रेसका चन्द्र केसी जिल्ला सभापतिमा विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका कोशल पोखरेलले ३६८ मत ल्याएका थिए । उपसभापतिमा पनि कांग्रेसकै सुवर्ण ज्वारचनले ४७७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पधी एमालेका जंगबहादुर श्रीस्ले ३७७ मत ल्याएका थिए । तत्कालिन गाविस अध्यक्षहरुले मत हालेर जिताउने जिल्ला विकास समिति पदाधिकार सहित १३ ईलाका सदस्य सहित १५ जनाको समिति बन्दथ्यो ।

जिल्ला सदस्यहरुमा कांग्रेसबाट दुर्गाबहादुर राना, विष्णुप्रसाद भण्डारी , विष्णुबहादुर खत्री , बुद्धिप्रसाद वराल , रागबहादुर श्रीस् , पदमपाणी पन्थी, रणबहादुर सिंह ठकुरी , हरिबहादुर थापा , चक्रबहादुर कुँवर , चन्द्रकान्त अर्यालय , एमालेबाट निलकण्ठ गौतम , डिल्लीराज पन्थ , र टंकप्रसाद पोखरेल विजयी भएका थिए । २०५४ को स्थानिय निकायको निर्वाचनमा भने एमालेका कौशल पोखरे जिल्ला सभापति , एमालेकै परमानन्द भण्डारी उपसभापति सहित विजयी हाँसिल गरेका थिए ।

अहिले जिल्ला समवन्व्य समिति बनेको साविको जिविसका कुनै पनि फाँटमा उनिहरुको नामोनिशान छैन् । २०३७ साल फागुन ११ गते देखि स्थानिय विकास अधिकारीले कार्यभार सम्हालेको पाईन्छ । पहिलो स्थानिय विकास अधिकारी गणेश प्रसाद पौड्याल देखि २५ औं स्थानिय विकास अधिकारीका रुपमा पहिलो महिला र समन्व्य समितिकी समिति पहिलो स्थानिय विकास अधिकारी कल्पना श्रेष्ठको समेत कार्यकक्षमा सवैको नाम सहित कार्यभार अवधी टाँगेर राखिएको छ ।

तर जिविस सभापति , उपसभापति र सदस्यहरुको कतै अभिलेख नराख्नुमा पहिलो कर्मचारीको वेवास्ता अर्को कुरा एक देखि अर्को दलले नाम उल्लेख गर्नु नचाहनु अझ भनौं एकले अर्काको अस्तीत्व स्वीकार गर्न नसक्नु पनि हुन सक्ने पाईन्छ । त्यसकारणले गर्दा हरेक जनप्रतिनिधीहरुले आफ्नो ईतिहाँस आफैले गुमाउन पुगेका छन् । यस सम्वन्धमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीको ध्यानकृष्ट गराउँदा एक दमै सहि विषयबारे ध्यानकृष्ट गराईएको बताए । उनले भने–‘ यो कुरा एक दम सहि हो कि न सांसदहरुको जिल्लामा अभिलेख छ न त जिल्ला विकास समितिका प्रमुख उपप्रमुख र सदस्यहरुको छ , ध्यानकृष्ट गराउनु भयो अवमा यसको खोजी निती गरेर अभिलेख उर्तार्ने छु ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख गणेशबहादुर खत्रीले यस्तो अभिलेख राखिनु पर्ने स्वीकार गर्छन् । पहिलो त फोकल पर्शन कार्यालयका रुपमा त्यसै कार्यालयमा हुनु पर्ने वा विकास कार्य हेर्ने जिल्ला विकास समितिमा रहनु पर्ने थियो । यस प्रति कसैको ध्यान गएको छैन् । त्यसो त अहिले पुराना गाउँ पञ्चायत र गाविसको पहिचान हराएको छ । अहिलेका वडा स्तरका जनप्रतिनिधीहरुको समेत अभिलेख राखिन जरुरी छ । विद्यालयका चन्दाताको तस्वीर राखिन्छ भने जनप्रतिनिधीहरुको अभिलेख किन नराख्ने रु

वहुदल पछिका प्रतिनिधी सभा सदस्यको अवस्था पनि उस्तै

पञ्चायतकालका प्रतिनिधी सभा सदस्यहरुको पुत्ला समेत जलाउन चाहने वहुदलवादी जनप्रतिनिधीहरुले जिल्ला भित्रका कुनै एक सरकारी निकायमा पुरानाहरुको अभिलेख राख्ने चेष्टा नगरे होलान । तर २०४६ पछिका वहुदलबादी जनप्रतिनिधीहरुले यस्तो अभिलेख राख्ने निकाय बनाउनु पर्दथ्यो । सांसद सचिवालयमा उनिहरुको अभिलेख रहे पनि पुराना जनप्रतिनिधीहरु को को थिए भनेर भावि पुस्ताले बुझ्न पाउनका लागि जिल्लाको कुनै न कुनै निकायमा हुनुु पर्दछ । यहाँ सम्म की कुनै पनि राजनैतिक दलको पार्टी कार्यालयमा समेत देखिने गरी आफ्नै उमेदवारहरुको अभिलेख राखेका छैनन् ।

सहितका रुपमा मृतक नेता , कार्यकर्ताहरुको तस्वीर र शालिक राखिन्छ भने लामो समय राजनीति गरेर जनप्रतिनिधीको महत्वुपुर्ण भुमिका निभाउने ब्यक्तिका तस्वीर पार्टी कार्यालयमा पनि गौरवमय ईतिहाँसका रुपमा राखिनु पर्ने जरुरी देखिन्छ । जुन कुनै निर्वाचनबाट जितेका हुन वा पाराजित पार्टीका लागि त्यो ठुलो ईतिहाँस हो ।

२०४८ का उमेदवारको मात्रै अभिलेख भेटियो 

जिल्ला निर्वाचन कार्यालय संग हाल सम्मका जनप्रतिनिधीहरुको अभिलेख छ कि भनेर सोध्धा एक पुस्तकमा २०४८ सालका जनप्रतिनिधीहरुको अभिलेख भएको पुस्तक फेला प¥यो । उक्त पुस्तकमा उल्लेख विवरण अनुसार साविको क्षेत्र नम्वर १ मा त्यति वेला ५५०९८ कुल मत थियो । खसेको मत संख्या ३३२८८ थियो । सदर मत ३२४६१ र वदर मत संख्या ८९७ थियो ।

जुन अहिलेका ेतुलनामा धेरै कम हो । जस मध्ये नेपाली कांग्रेसका उमेदवार झकबहादुर पुन १६७६७ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिप्रस्पधी नेकपा एमालेका कमलराज श्रेष्ठले १४१४३ मत ल्याएर पराजित भएका थिए । राप्रपा थापा समुहबाट उमेदवारी दिएका श्रीप्रसाद बुढाथोकीले ७६३ मत ल्याएका थिए ।

रापपा आमत्य समुहबाट उमेदवारी दिएका हिमबहादुर क्षेत्रीले ३४१ मत , राप्रपा कै चन्द समुहबाट करुणानिधी शर्माले २७१ र स्वतन्त्रबाट राजेन्द्र सापकोटाले १५६ मत ल्याएका थिए । क्षेत्र नम्वर २ मा त्यति वेला ७३९३५ हजार कुल मतदाता मध्ये ४४९३५ मत खसेको थियो । त्यस मध्ये ४४१२५ सदर र १७५० मत बदर भएको थियो ।

जस मध्ये नेपाली कांग्रेसका भगवत ज्ञवाली २२३६४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका जिवराज आश्रितले २१०११ मत ल्याएका थिए । राप्रपा चन्द समुहबाट उठेका अशोक थापाले ३७८ मत , थापा समुहबाट उठेका पुर्णबहादुर खत्रीले ३६० मत ल्याएका थिए । स्वतन्त्रबाट उठेका दलबहादु काउछाले ७२ मत ल्याएका थिए । क्षेत्र नम्वर ३ मा कुल मत सख्या ५५१७१ थियो । खसेको ३३९१४६ मध्ये ३३३२४ सदर र ११६० म बदर भएको थियो ।

जस मध्ये कांग्रेसका रुद्रमणी शर्मा भण्डारीले १४९८७ मत ल्याएर विजयी भएका थिए ख । एमालेका टंकप्रसाद पोखरेलले १४९५३ मत ल्याएका थिए । राप्रपा चन्द समुहबाट उठेका बैकुण्ठबहादुर चन्दले १६६० मत र थापा समुहबाट उठेका प्रेमबहादुर काउछाले ९६३ मत ल्याएका थिए ।

२०५१ बाट विरासद गुमाउँदै गयो कांग्रेस 

२०४६ को जनआन्दोलनबाट प्राप्त वहुदलिय ब्यवस्थाको देशैभर ठुलो पार्टी बनेको नेपाली कांग्रेस २०४८ को निर्वाचनमा देशैभरको ठुलो पार्टी बन्यो । गुल्मीका तिन वटै क्षेत्रमा उसको जित रह्यो । २०५१ निर्वाचमा तिन वटै क्षेत्र हारेर कांग्रेसले आफ्नो विरासद गुमायो । २०५१ मा क्षेत्र नम्वर १ बाट नेकपा एमालेका रामनाथ ढकाल विजयी भए । क्षेत्र नम्वर २ मा एमाले कै कमलप्रसाद श्रेष्ठ विजयी भए । क्षेत्र नम्वर ३ मा पनि एमालेका टंकप्रसाद पोखरेल विजयी भए ।

२०५६ को निर्वाचनमा पनि एमालेले नै तिन वटै क्षेत्रमा विजयी हाँसिल गर्यो । क्षेत्र नम्वर १ बाट फटिकबहादुर थापा, क्षेत्र नम्वर २ मा प्रदिपकुमार ज्ञवाली र क्षेत्र नम्वर ३ मा गोकर्णराज विष्ट विजयी भए । त्यति वेला विजयी विष्टका भाईको हात कांग्रेस कार्यकर्ताहरुले काटि दिएका थिए । २०६४ को निर्वाचनमा दुई वटा क्षेत्र एमालेको लालकिल्लामा माओवादीले झण्डा गाड्यो । क्षेत्र नम्वर १ मा सुदर्शन वराल र क्षेत्र नम्वर ३ मा चन्द्रबहादुर थापा ९ सागर ० ले विजयी हाँसिल गरे । क्षेत्र नम्वर २ मा मात्र नेकपा एमालेका प्रदिपकुमार ज्ञवाली दोश्रो पटक जित हाँसिल गरे ।

२०७० को निर्वाचनमा वर्षऔं पछि आएर क्षेत्र नम्वर १ र २ मा कांग्रेसले आफ्नो विरासत फर्कायो । क्षेत्र नम्वर १ बाट वम्पर उपहार जस्तैका रुपमा कांग्रेसका कृष्णप्रसाद छन्त्यालले जित हाँसिल गरे । २ बाट चन्द्र भण्डारीले विजयी भए । त्यसले कांग्रेसजनमा ठुलो उत्सहा छायो । २०७४ को प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा दुई कम्युनिष्टहरु मिलेर कांग्रेसलाई हराए ।

सुदर्शन वरालले ईतिहाँस रचे 

पञ्चायत कालमा राजाबाट मनोनित बुढाथोकी परिवार वाहेक वहुदलिय व्यवस्था र गणतन्त्र सम्म आई पुग्दा क्षेत्र नम्वर १ मा त्यहाँका वासीन्दाले पहिलो पटक नेतालाई जनप्रतिनिधीका रुपमा माओवादी केन्द्रका उमेदवार सुदर्शन वराललाई दोहराएका छन् ।

२०४८ साल देखि न कांग्रेुसका न एमालेका उमेदवारलाई क्षेत्र नम्वर १ का जनताले दोश्रो पटक जिताएका थिए ।

एक चोटी चाख्ने दोश्रो चोटी फ्याँक्ने त्यहाँका जनताको मन सुदर्शन वरालले पगाल्न सफल भएका छन यसपालीको निर्वाचनमा । संयोगले साविकको क्षेत्र नम्वर १ प्रदेश नम्वर पनि एक भई दियो । वामगठबन्धनबाट वराललाई चुनावी मैदानमा खडा गरियो ।

प्रतिनिधी सभाका नवनिर्वाचित सांसद प्रदिपकुमार ज्ञवाली भन्छन् सुदर्शन कमरेड साँच्ची नै कमणडर हुनुहुँदो रहेछ उहाँले त्यहाँका वासीन्दाको मन जितेको पाएँ ।

यता प्रदेश २ मा पनि कमलराज श्रेष्ठलाई वर्षऔं पछि जनप्रतिनिधीका रुपमा फर्काए । दुवै सभासदहरु भन्छन्– समाजमा आफुले गरेको योगदानलाई कहिल्लै पनि जनताले भुल्दैनन भन्ने यसको उदाहरण हो वराल अन्तरिम संविधान सभाको विद्यायका समेत रहे । उनको त्यो कार्यकाल र २०६४ को निर्वाचनको जित पछि कालिगण्डकी कोरिडोर परियोजना ल्याउनमा अग्रणी भुमिका खेले । अस्लेवा ठुलो लुम्पेक हुँदै परम्परा सत्यवती र मुक्तिनाथ सम्मको तिर्थ यात्री सडक योजना ।

त्यस्तै भार्सेमा भ्युटावर , सालिमे दह , सत्वती र टिमुरे ताल संंरक्षण , विभिन्न भित्री सडक सञ्जाल , पहिलो पटक क्षेत्र नम्वर १ मा प्राविधिक शिक्षा लगायतका कामको मुल्याङन त्यहाँका जनताले गरेरै आफुलाई उमेदवारहरुको ईतिहाँसमा पहिलो पटक दोहराएको र अव धेरैै पटक मौका दिने र आफुले त्यहाँका जनताको अपेक्षा पुरा गरेरै छाड्ने वरालको दावा छ ।

केन्द्रिय सरकारमा नेपाली राजनीतिको केन्द्रिय भुमिकामा रहेका नेता प्रदिपकुमार ज्ञवालीलाई जिताएकोले पनि आफुलाई त्यहाँका जनताको अपेक्षा पुरा गर्न थप सहज भएको बरालको भनाई छ ।

एउटै गाउँबाट ५ जना केन्द्रमा पुगेर पनि के पाए भार्सेलीहरु रु 

गुल्मीको एउटा यस्तो गाउँ भार्से जहाँबाट ५ जना केन्द्रिय सरकारका हर्ताकथर्ताहरु भए । वहुदल अघि एकै परिवारका तिन जना मन्त्री बने गिरीप्रसाद , भिमबहादुर र श्रीप्रसाद बुढाथोकी । वहुदल पछि त्यसै गाउँ कांग्रेस नेता झगबहादुर पुनले जिते ।

गणतन्त्र पछि कांग्रेसबाटै कृष्णप्रसाद छन्त्यालले जिते । तर कसैवाट पनि भार्सेका लागि विकास भएको देखिन्न ।

२०६८ साल तिर माओवादी केन्द्रका नेता तथा तथा तत्कालिन सभासद सुदर्शन वरालले माथी थाप्लमा भ्युटावार र तल भार्सेमा होमस्टेको योजना पारेका थिए । दुई चरणमा गरेर केन्द्रबाट १० लाख रुपैयाँ स्थानिय उपभोक्ता समिति मार्फत आयो । २०७० को निर्वाचनबाट जितेका कृष्ण छन्त्यालले त्यसलाई अगाडी बढाउन सकेनन् । यसपालीको निर्वाचन ताका सुदर्शन वरालले सोध्धा भ्युटावरका लागि जग समेत नखनेको पाए ।

चुनावी सभामा उनले त्यसको खोजी नीति गर्दा सुटुक्क भन्न थालियो , काम नभए पनि पैसा हामी संग सुरक्षित छ भनेर भने उपभोक्ता समितिका मानिसहरुले । प्रदेश सांसद वराल भन्छन भार्से ऐतिहाँसिक थलो , पर्यटिकिय स्थानका रुपमा अव विकासित गरिने छ ।

भार्सेली युवाहरुले एउटै गाउँ भार्सेबाट ५ जना केन्द्रिय सरकारमा पुग्नुलाई गर्व गर्दछन् । एउटा साधरण सिपाही देखि रक्षा मन्त्री सम् मबनेक गिरीप्रसाद बुढाथोकी परिवारका वारेमा पुस्तक लेखिए पनि जिल्लाको सरकारी निकायमा कतै नाम उच्चारण नभएको प्रति गुनासो गर्दछन् ।

बैकुण्ठबहादु चन्द जसले पाल्पालीहरु संग लडेर तम्घास सम्म मोटरबाटो खने त्यस सडक खण्डलाई उनकै नामकरण गरे उच्च सम्मान प्रकट हुने चर्चा पनि चलाईदै आएको छ । भलै व्यवस्था गलत होला तर जुन सुकै व्यवस्थाका जनप्रतिनिधीहरुको योगदानको कदर गर्नै पर्छ ।

यसर्थ पनि अहिले सम्मका सवै तहका जनप्रतिनिधीहरुको अभिलेख तयार पार्न सम्वन्धित पक्ष जुटोस भन्न कै लागि यो विषय उठान गरिएको हो । यसप्रधि ध्यान जाओस भन्ने हाम्रो आग्रह छ । 


तस्वीरः प्रजातान्त्रिक आन्दोलनमा राज्यलाई टाउको चढाएका उनै शम्शेरबहादुर खत्री 

यस बिषयमा तपाइको प्रतिक्रिया...!