३६ सालमा छिन्ताङमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

Posted on: 12 Jan, 2018

पुस २८, काठमाडौं । सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यतिबेला भूमिगत नेकपा मालेको गतिबिधि नियन्त्रण गर्न भन्दै सरकारले १६ जनाको गोली हानी हत्या गरेको थियो ।


तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा गोली चलाएको आरोप  वामपन्थीहरूले लगाउँदै आएका बेला सरकारले मृतकहरूलार्इ सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद बैठकले आर्थिक गणनाको आद्यावधिक ०७५ साल वैशाखदेखि गर्ने निर्णय गरको छ । 

बैठकले नेपाल स्टक एक्सचेन्जको ८ अर्ब ऋण स्वीकृत, न्याय सेवाको विशिष्ट सेवामा महेन्द्रनाथ उपाध्यायलाई नियुक्त गर्ने र २०३६ सालमा धनकुटाको छिन्ताङमा मारिएका १६ जनालाई शहिद घोषणा गर्ने निर्णय गरिएको अर्थमन्त्री ज्ञानेन्द्रबहाद्र कार्कीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!