प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी चाँडो तोक्नुपर्छ: डा महत

Posted on: 12 Jan, 2018

पुस २८, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “सरकारले संविधानमा भएका अप्ठ्यारालाई तत्काल समाधान गरी सत्ता हस्तान्तरण गर्नुपर्छ, ।” 

डा महतले सर्वोच्च अदालत र प्रा डा गोविन्द केसीबीच भएको विवाद कानूनसम्मत समाधान गर्नुपर्नेमा जोड दिनुभयो । 

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वाम गठबन्धनले जनतालाई बहुमत दिएकाले नयाँ सरकार गठनका लागि सरकारले चाँडो मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । 

“निर्वाचन आयोगले समानुपातिकको नतिजा सार्वजनिक नगरेर नाटक मञ्चन गरिरहेको छ, संवैधानिक निकाय पदीय जिम्मेवारीमा बस्नुपर्छ,”, उहाँले भन्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले निर्वाचन आयोग र सरकारले नयाँ सरकार गठन गर्ने बाटो खोल्नुपर्ने बताउनुभयो । “बहुमत प्राप्त दललाई नयाँ सरकार गठन गर्ने बाटो खुला गर्नुपर्छ,”, उहाँले भन्नुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!