चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुने : महामन्त्री कोइराला

Posted on: 14 Jan, 2018


पुस ३०, नवलपरासी  | नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताउनुभएको छ । 

थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचडी कार्यक्रममा शनिबार महामन्त्री डा कोइरालाले यस्ता चाडपर्वले नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने विचार व्यक्त गर्नुभयो । 

यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका डा कोइरालाले एउटा जाती, भाषा, संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता बलियो नबन्ने भन्दै सबैको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा उद्योगपति विनोद चौधरीले इमान्दार, कर्मठ र लगनशील थारु समुदायलाई राज्यले उचित स्थान दिन नसकेको बताउनुभयो । उहाँले रोजगारका माध्यमबाट थारु समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।  (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!