मन्त्रिपरिषद बैठक स्थगित, भोलि ९ बजे बस्ने

Posted on: 16 Jan, 2018

माघ २, काठमाडौं । प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने गरी मंगलबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार दिउँसो साढे ४ बजे बोलाएको बैठक बुधबार विहान बिहान ९ बजेसम्मका लागि स्थगित गरेका गरेका हुन् ।

मन्त्रिपरिषद बैठक अब बुधबार बिहान बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दल र आफ्नै पार्टीभित्र छलफल गर्ने तयारी गरेका छन् । 

प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सांसदहरुले सपथ पनि लिन पाएका छैनन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!