मन्त्रिपरिषद बैठक दिउँसो ३ बजेसम्म स्थगित

Posted on: 17 Jan, 2018

माघ ३, काठमाडौं । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो फेरि बस्ने गरी स्थगित भएको छ । 

अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आआफ्नो अडान राखेका थिए ।

 प्रधानमन्त्रीको प्रस्तावमा प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरिएको छ । तर, राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने तर्क अघि सारेका छन् ।

प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ भने ३ मा विवाद देखिएको छ । उपप्रधानमन्त्री कमल थापाले हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने माग राखेका छन् । प्रदेश ४ को अस्थायी मुकाम प्रस्ताव गरिएको छ । ५ को दाङ र बुटवल भन्नेमा मन्त्रीहरुबीच विवाद छ ।

६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धनगढी र दिपायल भन्नेमा मन्त्रीहरुकाे मत बाझिएको छ । प्रदेश प्रमुख र अस्थायी मुकामका विषयमा थप छलफल आवश्यक रहेको भन्दै बैठक पुन ३ बजेकोका लागि बोलाइएको छ । बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!