माघ ३, काठमाडौं । एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बुधबार बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । भागबण्डा अनुसार एमालेले २९ सिट पाउने छ भने माओवादीले १४ सिट पाउनेछ ।
कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने कार्यदलका सुवासचन्द्र नेम्वाङले बताए ।
राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसंग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् । राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!