राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त, अब के होला ?

Posted on: 17 Jan, 2018

प्रकास बम/माघ ३, डोटी । सरकारले ७ नम्बर प्रदेशको राजधानी धनगढी तोकेसंगै डोटी तनावग्रस्त बनेको छ । 

हजारौंको सँख्यामा सडकमा उर्लेका आन्दोलनकारीहरुले सुरक्षा निकायका गाडीहरुलाई समेत रोक लगाएकाछन् । सरकार बिरुद्ध चर्का नारा लागीरहेकाछन् । प्रधानमन्त्री शेर बहादुर देउवा लगायत शिर्शनेताहरुको पुत्ला दहनका लागि तगारी गरिरहेकाछन् । 


सडकमा उर्लिएको मास अनियन्त्रीत छ । सबैमा आक्रोस देखिन्छ । आन्दोलनकारीले होटेल, पसल  बन्द नगरीए तोडफोड गर्ने चेतावनी दिदै नाराबाजी गर्नुका साथै झ्यालबाट छतबाट हेर्नेहरुलाई समेत ढुङ्गामुडा गर्ने बताउँदै आएकाछन् ।

नेताहरुले, जनप्रतिनिधिहरुले आफ्नो पार्टी र पद त्याग गर्न आन्दोनलकारीले माग गर्दै आएकाछन् । पार्टी र जनप्रतिनिधिहरुले पनि त्याग गर्नका लागि आफुहरु तयार रहेको र त्याग गरेको कागजात बनाउँन बैठक बसिरहेकाछन् । 

आन्दोलनकारीले सरकारले आफ्नो अधिकार खोसेको बताउँदै आएकाछन् ।


संघर्ष समितिका संयोजक नरेन्द्र खड्का सबै जनतामा आक्रोस देखिनुका साथै भिड नियन्त्रबारीर गएको बताए ।  अब जे पनि हुन सक्ने उहाँको भनाईछ । दिपायलमा राजधानी कायम गर्नु पर्ने माग राख्दै बिगत २२ दिन देखि हड्ताल, नाराबाजी, धर्ना, अनसन  लगायत जनप्रदर्शन हुँदै आएको छ । 

आन्दोलनकारीले हड्तालसंगै राजनीतिक दलका सदस्यता त्याग्ने, सरकारी कार्यालयहरुमा कब्जा जमाउने, पहाडी जिल्लाहरुको प्रवेशद्धार बुडरमा सडक बन्द गर्ने, नागरिकता त्याग्ने, जनप्रतिनिधिहरुले पदबाट राजिनामा दिएर सडकमा आउने, राष्ट्रिय सभा निर्वाचन बहिस्कार गर्ने तथा हुन नदिने लगायतका कार्यक्रमहरु तय गरेका छन् । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!