प्रदेश नं ५ को अस्थाई राजधानी दाङ नतोकिएपछी माओवादी समेत आन्दोलित

Posted on: 17 Jan, 2018

माघ ३, काठमाडौँ | सरकारले प्रदेशको अस्थायी राजधानी तोकेको विषयमा नेकपा (माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सदस्य कृष्णबहादुर महराले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्काल सच्याउन आग्रह गरेका छन् ।

साथै नेता महाराले प्रदेश नं ५ को अस्थाई राजधानी दाङ नतोकिएपछी माओवादीले समेत उक्त क्षेत्रमा भईरहेको आन्दोलनलाई समर्थन गर्ने जनाएको छ । महराले आज प्रेस विज्ञप्ति जारी गरी देशका विभिन्न भागमा प्रदेश राजधानीको विषयलाई लिएर भइरहेको सशक्त विरोध प्रदर्शन र कार्यक्रमका सन्दर्भमा सरकारले कतिपय प्रदेशका अस्थायी राजधानी विवेकसम्मत र सन्तुलितरुपमा तोक्न नसक्नु सरकारको असक्षमता पुष्टि भएको उल्लेख गरेका छन् । 

महराले प्रशासन पुनःसंरचना आयोगको सिफारिश, कतिपय सरकारी उच्च निकाय र राष्ट्रिय–अन्तर्राष्ट्रिय सुझाव र सल्लाहलाई समेत लत्याउँदै गरिएको सरकारको यो निर्णय मनोमानी र स्वार्थप्रेरित हुन पुगेको आरोप समेत लगाए ।  उनले प्रदेश नं ५ को राजधानी दाङ सुरक्षित, समदूरी र पूर्वाधारसहित पर्याप्त स्थान भएकाले उचित र सन्तुलित हुनुपर्दछ भनि त्यस क्षेत्रका जनसमुदायले गरिरहेको आन्दोलनमा आफु दृढतापूर्वक समर्थन गर्ने बिज्ञप्तिमा उल्लेख गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!