राष्ट्रियसभा सदस्यका लागी एमालेले सिफारिस गर्यो सम्भावित उम्मेदवार (सुचिसहित)

Posted on: 19 Jan, 2018

माघ ५, काठमाडौं । माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको ५६ सिट मध्ये नेकपा एमालेको भागमा परेका २९ सिटमा उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । 

प्रदेश १ र ६ बाहेक अन्य प्रदेश कमिटीले सम्भावित उम्मेदवारहरुको नाम पनि सिफारिस गरिसकेका छन् । वामपन्थी गठबन्धनको भागबण्डामा एमालेले प्रदेश २ मा खुला एक सदस्य पाएको छ ।

जसमा प्रदेश कमिटीबाट रामचन्द्र यादव, धर्मनाथ शाह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, चिरन्जीवी आचार्य लगायतको नाम सिफारिस भएको छ ।

प्रदेश ३ बाट जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको एमालेले जनाएको छ । प्रदेश नम्बर ४ बाट एमालेले खुला सदस्यमा प्रदेश सहसंयोजक गणेश तिमल्सिनाको एकल नाम सिफारिस गरेको छ । 

अपांगता भएकातर्फ एक सिटमा स्याङजाका रामवहावदुर थापा, म्याग्दीका केपी अधिकारी र कास्कीका सुर्य खड्का बेखर्चीको नाम सिफारिस भएको छ ।

भागवण्डाका क्रममा एमालेको भागमा परेको दुई महिला सदस्यका लागि तनहुँकी शान्ति खनाल, स्याङ्जाकी चित्रा नेपाली, बाग्लुङकी शान्ति अधिकारी, नवलपुरकी रामकुमारी पाण्डे, लमजुङकी दिपा गुरुङ र गोरखाकी बिमला बोगटीको नाम सिफारिस भएको छ ।

प्रदेश ५ बाट १०० बढी नाम सिफारिस भएका छन् । अनेरास्ववियुका पूर्वअध्यक्षद्धय खिमलाल भट्टराई, ठाकुर गैरे लगायतका प्रभावशाली नेताहरु पनि सिफारिसमा परेका छन् । तर, एमालेले सो प्रदेशबाट ४ सिट पाएको छ ।  

७ नम्बर प्रदेश कमिटीले ४ सिटका लागि प्रत्येक कोटामा तीन/तीन जनाको नाम सिफारिस गरेको सहसंयोजक कर्णवहादुर थापाले बताए । खुला सदस्य एक सिट पाएकोमा एमालेले केन्द्रीय सदस्य महेश्वर पाठक, बिक्रम शाही र अछाम अध्यक्ष शेरवहादुर कुँवरको नाम सिफारिस गरेको छ ।

त्यस्तै दुई महिला सिटका लागि ६ जना सिफारिस भएका छन् । सिफारिस हुनेमा डोटीकी गौरी ओली, कैलालीकी सावित्री ओली, कैलालीकै साबित्रा घिमिरे, बाजुराकी राधिका बोहोरा, कञ्चनपुरकी इन्दु कडरिया र दार्चुलाकी हिरादेवी अवस्थी छन् । 

दलित कोटामा बैतडीका पुरनसिंह दयाल, बझाङका अफिलाल उखेडा र बैतडीकै चक्र फिनेही छन् । एमालेले एक सिटका लागि बढीमा ३ जनाको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीहरुलाई निर्देशन पठाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!