प्याव्सन रोल्पाको आठौं जिल्ला भेला सम्पन्न

Posted on: 20 Jan, 2018

मनिषा राई/माघ ६, रोल्पा  । निजि तथा आवाशिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) रोल्पाको आठौं जिल्ला भेला सम्पन्न भएको छ । 

प्याव्सन रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका प्रमुख पुर्ण केसिले सबै बालबालिककालाई शिक्षा प्रदान गर्ने अभियानमा नीजि क्षेत्रको योगदान रहेको बताउँदै यसलाई निरन्तरता दिनका लागि अनुरोध गर्नुभयो । 

साथै उहाँले अब शिक्षा क्षेत्रको दायित्व पनि स्थानीयतहमा आई सकेकोले नगर शिक्षा समिति निर्माण गरी नगरको शैक्षिक गुरुयोजना बनाउने समेत बताउनुभयो । 

नगर शिक्षाको विकासमा नीति क्षेत्रलाई पनि समेटेर लग्नु पर्ने उहाको भनाई छ । उहाँले हाल राजनीतिक बृत्तमा चलिरहेको प्रदेशको अस्थायी राजधानीको आन्दोलन सबैलाई पायक पर्ने स्थानमा हुनु पर्ने बताउँदै बुटवल भौगलिक हिसावले न्यायिक नभएको समेत बताउनुभयो ।


त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि प्याव्सन रोल्पाका सल्लाहकार कृष्ण बहादुर घर्तीमगरले नीजि विद्यालयहरुले अनुसाशन लाई कार्यन्वयन गरेको बताउदै उहाँ प्यावसन रोल्पाको सिफारिस मै जिल्ला शिक्षा समितिको सदस्य रहेको जानकारी गराउनुभयो ।

त्यसबाट पाउने भत्ता पनि प्याव्सनकै योजनामा खर्च गर्नका लागि आफू तयार रहेको बताउँदै योजना निर्माण गर्नका लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदी, गैर सरकारी सँस्था रोल्पाका अध्यक्ष कर्ण बाठामगर, नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मानसिंह बिक लगायतले शुभकामना मतव्य राख्नुभएको थियो । 

जिल्ला स्थित बिभिन्न मिडियामा आवद्ध पत्रकारहरुको समेत उपस्थिति रहेको कार्यक्रममा तुलसी आवासीय मा.वि., ब्राइट फ्यूचर आवासीय मा.वि. र होली भिजन आवासीय मा.वि. लिबाङ रोल्पाले नृत्य प्रस्तुत गरेका थिए ।

प्याव्सन रोल्पाका उपाध्यक्ष गन्ज क्षेत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन प्याव्सन रोल्पाका सचिव डिवि घर्तीले गर्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!