आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयमा कालो झण्डा गाडे

Posted on: 20 Jan, 2018

प्रकाश बम/माघ ६, डोटी । ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली जनता निकै आक्रोशित बन्दै गएका छन् । दिन प्रतीदिन आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । 


आज राजपुरमा रहेको पुरानो जिबिसको भवनमा आन्दोलनकारीहरुले आगो लगाउने प्रयास गरेपनि सुरक्षा कर्मिहरुले निणन्त्रमा लिएका थिए । त्यस्तै

क्षेत्रीय प्रशासन कार्यालयको गेटमा पनि कालो झण्डा गाडेका छन् । 

साथै सरकारको बिपक्षमा नाराबाजी गरेका छन् । दिपायल, पिपल्ला बजार हुँदै क्षेत्रीय प्रशासन कार्यालय रहेको राजपुर बजार परिक्रमा गर्दै प्रदर्शनकारीहरुले नाराबाजि गरेका हुन्  ।

सरकारले जनाताको भावना बिपरीत धनगढीमा अस्थाई राजधानी तोकिएको दिन देखि आन्दोलन झन् चर्किदै गएको छ । त्यस्तै डोटीको सिलगढीमा पनि  जिल्ला प्रसासन अगाडी  ७ नम्बर प्रदेशको राजधानी माग गर्दै ठूला संख्यामा आन्दोलनकारीहरुले नारा जुलुस गरेका छन् ।


भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा  नाकाबन्दी गरेपछि सुदूरपश्चिमका ७ वटै जिल्लाका तराईबाट डोटी ,डडेल्धुरा बैतडी अछाम बझाङ्क बाजुरा  र दाचूर्ला आउने यात्रु अलपत्रहरु परेका छन् ।

सरकारले दिपायल राजधानि नतोके सम्म आन्दोलन जारी रहने संर्घष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो । राजधानिको माग गर्दे डोटीका बिभिन्न ठाउँमा पर्दशन भैरहेको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!