ओली र प्रचण्डको बालकोट वार्तामा के कुरा भयाे ?

Posted on: 20 Jan, 2018

माघ ६, काठमाडौँ  । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गरेका छन् ।

छलफलमा राष्ट्रिय सभाकाे निर्वाचन, प्रदेश सरकारकाे गठनका लागि गठित संयुक्त कार्यदलकाे रिपाेर्ट, पार्टी एकता र एकताकाे साझा दस्तावेजका विषयमा कुराकानी भएकाे बताईएको छ ।


ओली निवास बालकोटमा भएको छलफलमा राष्ट्रिय सभाको निर्वाचन, प्रदेश सरकारको गठनका लागि गठित संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजका विषयमा कुराकानी भएको प्रचण्डले जानकारी दिए ।

शुक्रवारको छलफललाई निरन्तरता दिई एकताका सवै बिषयको टुंगो लगाउने गरी दुवै नेताले गृहकार्य अघि बढाए बताइको छ । शुक्रबारको बार्तामा ओली र दाहालमध्ये एक प्राधिकारसहितको सर्वोच्च नेता र अर्का अध्यक्ष हुने सहमति भएको बताइएको छ ।

दुई नेताबीच शीर्ष नेताको सम्मानजनक ब्यवस्थापन गर्ने सहमति भइसकेकोले कसरी मिलाउने भन्ने बिषयमा आज थप गृहकार्य भएको बताएइको छ ।  

आजको छलफलले ठोश निर्णय लिई भोलि पार्टी एकता संयोजन समितिको बैठक बोलाइने माओवादी श्रोतको भनाइ छ । दुई अध्यक्षबीच शुक्रबार झण्डै तीन घन्टा वान टु वान छलफल भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!