बन्द फिर्ता लिएर शपथका लागि बुटवल आए दाङका सांसद

Posted on: 21 Jan, 2018

माघ ७, बुटवल । प्रदेशको राजधानी दाङ बनाउनु पर्ने मागगर्दै आन्दोलनमा उत्रिएका दाङका प्रदेश सांसदहरु शपथका लागि बुटवल आएका छन् ।

५ नम्बर प्रदेशको मुख्यमन्त्रीका दावेदार एमाले सांसद शंकर पोखरेल सहितका सांसदहरु शपथका लागि बुटबल आएका हुन् । 


प्रदेश सांसदको शपथ कार्यक्रममा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल पनि उपस्थित थिए । सरकारले बुटवललाई अस्थायी राजधानी तोकेपछि दाङमा आमहड्ताल भएको थियो । 

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को अगुवाइमा सुरु भएको आन्दोलन शनिबार मध्यरातिदेखि मत्थर भएको छ ।

प्रादेशिक राजधानी दाङलाई बनाउन सुझाव दिएको सुझाव समितिको प्रतिवेदन विपरित शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले रुपन्देही जिल्लालाई ५ नं. प्रदेशको अस्थायी केन्द्र तोकेको थियो । 

त्यसको विरुद्ध प्रमुख दल, नागरिक समाज, स्थानीय सर्वसाधारणले लगातार चर्को आन्दोलन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!