दीपक मनाङे शपथ ग्रहणका लागि गएनन्

Posted on: 21 Jan, 2018

माघ ७, काठमाडौं । मनाङबाट प्रदेशसभामा निर्वाचित दीपक मनाङे आइतबार भएको शपथ ग्रहणमा उपस्थित भएनन् । 

पोखरामा ४ नम्बर प्रदेशका सांसदको शपथ ग्रहण भएकोमा मनाङे अनुपस्थित रहेका हुन् । शपथ समारोहमा भाग लिन अरु सांसदलाई जस्तै मनाङेलाई पनि जिल्ला प्रशासन कार्यालय कास्कीले पत्र पठाएको थियो । तर प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनलाई खोजीरहेको छ । शपथ समारोहमा जाँदा प्रहरीले पक्राउ गर्न सक्ने भएकाले उनी समारोहमा नगएको बताइएको छ । 

मनाङेसहितका पाँचजनाविरुद्ध पुनरावेदन अदालतले संगठित अपराध तथा अपहरण गरी बन्धक बनाएको भन्दै ज्यान मार्ने उद्योगको अभियोगमा ५ वर्ष जेल सुनाएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!