प्रदेश नं ४ मा प्रदेशसभा सदस्यद्वारा शपथ ग्रहण

Posted on: 21 Jan, 2018

माघ ७, पोखरा | प्रदेश नं ४ का प्रदेशसभा सदस्यले आज सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

प्रदेश नं ४ का ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा उहाँहरूलाई शपथ गराउनुभयो । ज्येष्ठ सदस्य श्रेष्ठले यसअघि आज बिहान प्रदेश प्रमुख बाबुराम कुँवरसँग पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । प्रदेश नं ४ मा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, नवलपरासी(बर्दघाट सुस्तापूर्व), तनहुँ, लमजुङ, गोरखा, मनाङ र कास्की जिल्ला पर्छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!