राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा

Posted on: 22 Jan, 2018

माघ ८, काठमाडौँ |  निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले २४ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनको केन्द्रीयस्तरको तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । 

सातवटै प्रदेशमा खटिने प्राविधिक कर्मचारीका लागि आज आयोगमा आयोजित ‘एकीकृत निर्वाचन सूचना व्यवस्थापन प्रणाली’ सम्बन्धी प्रशिक्षणको शुभारम्भ गर्दै उहाँले निर्वाचनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार भएको जानकारी दिनुभयो । 

उक्त प्रशिक्षमा सातै वटा प्रदेशका १५ जना प्राविधिकको सहभागिता रहेको छ । आयोगले आगामी राष्ट्रिसभा निर्वाचनको तयारी, मतभार, मतगणना विधि र प्रक्रियाका बारेमा राजनीतिक दलका प्रतिनिधिलाई भोलि प्रशिक्षण दिने कार्यक्रम तय गरेको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!