एमालेबाट राष्टियसभा सदस्यमा रामेछापका पौडेलको नाम केन्द्रमा सिफारिस

Posted on: 22 Jan, 2018

प्रज्वल पाैडेल । माघ ८, रामेछाप

नेकपा एमालेले प्रदेश नम्बर ३ अन्तरगत जिल्लाबाट आएका सबै नाम जस्ताको तस्तै केन्द्रमा पठाइएको छ । जिल्लाबाट सिफारिसमा नपरेका तर राष्टियसभामा आवश्यक व्यक्तित्वको नाम समेत थपेर केन्द्रमा सिफारिस गरिएका पोलिटव्यूरो सदस्य अरुण जानकारी दिनुभएयो  । राष्टियसभा सदस्यमा नेकपा एमाले प्रदेश कमिटीले बैकल्पिक केन्द्रिय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेलको नाम सिफारिस भएको छ । उनी पूर्व सांसद समेत हुन् ।


प्रतिनिधिसभा निर्वाचनमा रामेछाप एमालेबाट प्रतिनिधी सभाका सदस्यमा दाबेदार रहेका पौडेल बाम गठबन्धनको सिट बाँडफाँडमा रामेछापको प्रतिनिधिसभा निर्वाचन क्षेत्र माओवादी केन्द्रले पाएपछि जिल्लाका निर्वाचन परिचालन कमिटीको संयोजक भएर चुनावी अभियानमा लागेका थिए । उनकै नेतृत्वमा चुनाव प्रसार प्रचारमा प्रतिनिधी सभामा र प्रदेश सभा दुबै तर्फ वाम गठबन्धनले जित हासिल गरेको छ ।

प्रदेश नम्बर ३ सिफारिस हुनेमा प्रदीप नेपाल,रघुजी पन्त,बेदुराम भुसाल,अमृत बोहोरा,केशव बडाल,देवशंकर पौडेल,आनन्द पोखरेल,कमला सुवेदी,मेघनाथ पौडेल,जगन्नाथ आचार्य,माधव अर्याल,गोपाल शाक्य लगायत छन् । एमालेले यहाँ ५ सिट जित्ने आकलन गरिएको छ ।

राष्ट्रियसभाका कुल ५६ सिटको लागि चुनाव हुन लागेकोमा वामपन्थी गठबन्धनले जित्ने निश्चित भएका ४३ सिटमा उम्मेदवारी दिने गरी बाँडफाँट गरिसकेको छ । एमालेले ४३ मध्ये २९ सिटमा उम्मेदवारी दिनेछ । माघ १० गते राष्ट्रियसभा सदस्यहरुको उम्मेदवारी मनोनयन गर्नुपर्ने भएकाले एमालेको स्थायी कमिटी बैठकले उम्मेदवारको चाडै टुंगो लगाउने  छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!