निर्माण सामग्रीमा मूल्यवृद्धि रोक्न माग

Posted on: 23 Jan, 2018

माघ ९ , काठमाडौँ | एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका बेला सिमेन्ट र छडलगायत निर्माण सामग्रीमा भएको अचानक मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ । 

पार्टीले ‘विनाकारण गरिएको मूल्यवृद्धिप्रति सरकारको मौनता दुर्भाग्यपूर्ण भएको’ जनाएको छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!