राष्ट्रिय सभाको निर्वाचनलाई सहयोग गर्न आन्दोलनको स्वरुप फेरीयो

Posted on: 23 Jan, 2018

प्रकाश बम | माघ ९, डोटी | ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै २८ दिनदेखी दिपायलमा जारी आन्दोलनलाई आज देखि खुकलो पारीएको छ । संघर्ष समिति डोटीको आज बसेको सर्बपक्षिय बैठकले धर्ना बाहेका अन्य सम्पुर्ण कार्यहरु तत्कालका लागि स्थगित गरीएको संघर्ष समितिका सदस्य तथा होटल ब्यवसायि संघका अध्यक्ष दिपक खड्काले जानकारी दिनु भयो ।

आशन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनलाई सहयोग गर्नका लागि निर्वाचन अबधिभर खुलागरीएको जनाएको छ । अहिले लाई जिल्ला प्रशासन कार्यालय सिलगढी र क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा दिउँसो १२ बजे देखि २ बजे सम्म धर्ना बाहेकका अन्य सबै  कार्यक्रमहरु अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको संघर्ष समितिका संयोजक नरेन्द्र बहादुर खड्काले बताउनुभयो । 


 ७ नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचन डोटीमै हुने र जसमा सहभागि हुन आउने प्रदेश सांसद र स्थानीय सरकारका प्रमूख÷उपप्रमूखसंग दिपायलका पक्षमा ‘लविङ’ गर्ने रणनीति अनुसार आन्दोलनको स्वरुप फेरिएको संघर्ष समितिले जनाएको छ । सरकारले अस्थायि मुकाम धनगढी तोकेपछि राजधानिका बारेमा यति बेला यहाँका जनता आक्रोशित भएका छन् ।

सांसद भट्ट धर्नामा 

७ नम्बर को राजधानी माग गर्दै आज क्षेत्रीय प्रशासन कार्यालय राजपुर अगाडि सांसद त्रिलोचन भट्ट धर्नामा सहभागि भएका छन्  । सरकारले माघ ३ गते प्रदेशको अस्थायी मुकाम धनगढीमा तोके पछि आईतवार शपथग्रहण गरी मंगलबार दिउसो आन्दोलनकारीहरु सँगै धर्नामा बसेका हुन् ।


राजधानी दिपायल कायम गर्नका लागि आफूले कटी बद्ध भएर लागेको डोटी प्रदेश सभा ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद भट्टले जानकारी दिनु भयो ।

आन्दोनकारीले सफा गरे सडक 


सरकारले ७ नम्बर प्रदेशको अस्थायि मुकाम धनगढी तोकेपछि दिपायल पिपल्ला बजारमा सडक बन्द गर्नका लागि राखिएका ढुङ्गा आज आन्दोलनकारीहरुले आफै हटाएका छन् ।

आन्दोलनको स्वरुप फेरीए सँगै सडक र बजारमा दखिएको फोहरलाई समेत हटाएर सरसफाई गरेको बिद्यार्थि नेता गणेश खड्काले बताउनु भयो । राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गरेर आन्दोलकारीहरुले आज पिपल्ला बजार सरसफाई गरेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!