प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद ढुङ्गेलको दाबी

Posted on: 25 Jan, 2018

प्रज्वल पौडेल । माघ ११, काठमाण्डौ । प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद कैलाश प्रसाद ढुङ्गेलले दाबी गरेका छन् । तीनलालको किल्ला रामेछाप जिल्लाबाट ३ नं प्रदेशमा मुख्यमन्‍‍त्रीको पदमा उम्मेदबारी दिदा तीनलालको भूमीको सम्मान हुने भन्दै मुख्यमन्‍‍त्रीको दावी उनले गरेका हुन् ।  पुष्पलाल,गंगालाल र कृष्णलाल प्रतिको सम्मान, मूल्यांकन सद्भाव हुने बताउदै ढुङ्गेलले बिहिबार सामाजिक संजाल फेशबुक स्टाटसमार्फत  मुख्यमन्‍‍त्रीमा उम्मेद्बारी दिने घोषणा गरे।


प्रतिनिधी सभा, प्रदेशसभा दुबैमा समानुपातिक कोटा र राष्ट्रिय सभामा समेत रामेछाप बञ्चित भएकोले पिडालाइ आफ्नो उम्मेद्बारीले थोरै भए पनि मह्लम लगाएको महसुस रामेछापेलीले गर्ने भएकाले पनि आफूले उम्मेद्वारी दिने बताएका छन् ।


धेरै पटक कम्युनिष्ट सरकारको सरकार बनेपनि सत्तामा कम्युनिष्ट पार्टीका संस्थापक नेता जन्मिएको जिल्लामा राज्यको नजर पर्न नसकेको भन्दै उनले यसपटक रामेछापले पाउनुपर्ने तर्क गरेका छन् । ढुङ्गेल वामगठबन्धनबाट रामेछाप निर्वाचन क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । राजधानीको नजिक भएपनि राज्यको अाँखामा रामेछाप टाढा रहेकाले संघीय प्रदेशको सरकारमा रामेछाप अटाउनुपर्ने रामेछापबासीको माग रहेको छ । ढुंगेल ०५४ सालको स्थानीय निकायको निर्वाचन पछि जिल्ला विकास समिति, रामेछापको सभापति भएर काम गरिसकेका व्यक्ति हन् ।   

यसैगरि बुद्दिजीवी परिषद् रामेछापका अध्यक्ष शंकर ढुङ्गेलले पनि उनलाइ मुख्यमन्त्री दिनुपर्ने धारणा राखेका छन् । सामाजिक संजाल फेशबुकमा उनले लेखेका छन् - "रामेछापको पालो हो । मुख्य मन्त्री रामेछापले पाउनु पर्दछ । क कैलाशको इतिहास छ । प्रदेशको बिकास गर्ने सपना छ । हिजो द्वन्द्वको रापमा खारिएको विचार छ । एकता गर्ने परम्परा छ । कैलाश सधै जनताको मनमा छ । तिनलालको सान छ । कसैप्रती नझुक्ने शिर सधै उच्च, जति दुख परेपनी हार नमान्ने गुण छ ।"

प्रदेश सांसदहरुले प्रदेश सपथ ग्रहण लिएसँगै जनसंख्या, र साधन स्रोतको हिसाबले देशकै सबैभन्दा ठूलो र धनी प्रदेश मानिएको ३ नम्बर प्रदेशको मुख्यमन्त्री, मन्त्री को बन्ला भन्ने चर्चासँगै दौडधुप सुरु भएको छ ।



 



यस बिषयमा तपाइको प्रतिक्रिया...!