प्रदेश नम्बर ५ को पहिलो बैठकको मिति तोकियो

Posted on: 27 Jan, 2018

माघ १३, बुटवल । प्रदेश नम्बर ५ को पहिलो बैठक बस्न २१ माघलाई मिति तय गरिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले सपथ ग्रहण गरेको एक हप्तापछि प्रदेश ५ को पहिलो बैठक आहृवान गरेका हुन् । 

झाले भने - '२१ गतेलाई बैठक मिति तय गर्‍यौं, दिनको १ बजे बैठक शुरु हुनेछ’। ५ नम्बर प्रदेशको अस्थाई राजधानी तोकिए अनुसार प्रदेशसभाको पहिलो बैठक बुटवल उद्योग वाणिज्य संघका सभाहलमा बस्ने भएको छ । प्रदेश ५ मा प्रत्यक्षतर्फ ५२ र समानुपातिक तर्फका ३५ गरी ८७ प्रदेशसभा सदस्यहरु छन् ।


संसद भवन निर्माणका लागि भोलीदेखि थप काम सुरु हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । मुख्यमन्त्रीको भवनका लागि श्रम कार्यालय प्रयोग गर्ने अहिलेसम्मको तयारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!