डोटीका ‘सांसद’ धर्नामा, ३४ दिन देखि आन्दोलन जारी

Posted on: 29 Jan, 2018

प्रकाश बम | माघ १५, डोटी | ७ नम्बर प्रदेशको राजधानि दिपायल माग गर्दै डोटीमा ३४ दिन देखि आन्दोलन चलिरहेको छ । अहिले क्षेत्रिय प्रसासन राजपुर अगाडी र जिल्ला प्रसान कार्यालय अगाडी धर्नाका कार्यक्रम भने निरन्तर चलिरहेका छन् ।

धर्ना कार्यक्रममा डोटी प्रदेश सभा ‘क’बाट निर्वाचित सांसद भरत बहादुर खड्का, प्रदेश सभा ‘ख’बाट निर्वाचित सांसद त्रिलोचन भट्ट र सांसद पुर्णा जोशि आन्दोलनकारीहरु सँग सहमति जनाएर अहिले धर्नामा बसिरहेका छन् ।


७ नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचन डोटीमै हुने भएकाले निर्वाचनलाइ सहयोग गर्न संघर्ष समितिले धर्ना बाहेकका अन्य आन्दोलनका कार्य फिर्ता लिएको थियो । राष्ट्रिय सभामा सहभागि हुन आउने प्रदेश सांसद र स्थानीय सरकारका प्रमूख/उपप्रमूखसंग दिपायलका पक्षमा ‘लविङ’ भईरहेको संघर्ष समिति डोटीका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो ।

अस्थायी मुकाम धनगढी तोकेपछि मुख्य मन्त्रि पहाडमा दिने तयारी भैरहेको स्रोतले बताएको छ । मुख्य मन्त्रिका लागि अहिले सांसद त्रिलोचन भट्ट, बिरमान चौधरी, झपड बोहरा र मान सिँ धामिको नाम चर्चामा रहेको छ ।

उता सरकारले माघ ३ गते ७ नम्बर प्रदेशको अस्थायि मुकाम धनगगढी तोके सँगै प्रदेशको कार्य संचालन गरीरहेको छ । माघ २१ गते हुने पहिलो प्रदेश सभाको बैठकको लागि यति बेला भवन निर्माण लगाएतका कामले तिब्रता पाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!