प्रदेश ४ मा सभामुख छान्न मिति तोकियो, सभामुख माओवादी केन्द्रको भागमा

Posted on: 05 Feb, 2018

माघ २२, पोखरा । प्रदेश नम्बर ४ मा पहिलो पटक बस्केको प्रदेशसभा बैठकले सभामुख निर्वाचनको मिति तोकेको छ । बैठकले सभामुख चयनका लागि फागुन ३ गते निर्वाचन हुने मिति तोकेको हो  ।

यस प्रदेशमा वाम गठबन्धनको प्रष्ट बहुमत भएकाले बाम गठबन्धनबाटै सभामुख छानिने पक्का छ । त्यसमा पनि बाम गठबन्धनको भागवण्डा अनुसार मुख्यमन्त्री एमाले र सभामुख माओवादी केन्द्रले पाउने छ ।

तश्विरमा: पोखरामा प्रदेश नं ४ को शुरु प्रदेशसभा बैठकमा प्रदेशसभाका सदस्यहरू । तस्बिरः हरि बास्तोला, पोखरा, रासस

आज सम्पन्न प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ ।

पहिलो बैठकमा बोल्ने सांसदहरुले प्रदेश ४ लाई सम्बृद्ध प्रदेश बनाउने बाचा गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!