प्रदेश नम्बर १ ले माघ २६ मै ‘मुख्यमन्त्री’ तोक्ने

Posted on: 05 Feb, 2018

माघ २२, विराटनगर । प्रदेश नम्बर १ ले माघ २६ मै ‘मुख्यमन्त्री’ पाउने भएको छ । यहाँ नेकपा एमालेबाट मुख्यमन्त्री बन्ने पक्का छ । बाम गठबन्धनमा समेत मुख्यमन्त्रीको लागि भागबन्डा भएको र एमालेकै एकल बहुमत रहेको यहाँ मुख्यमन्त्रीको लागि तीन जना दावेदार छन् । 

यसै बीच एमालेको सोमबार बिराटनगरमा बसेको प्रदेश सचिवालयको बैठकमा सहमति नजुटेपछि एमालेले माघ २६ गते संसदीय दलको नेताका लागि निर्वाचन गर्ने भएको छ । माघ २६ गते एमाले संसदीय दलको नेता जो हुन्छ, उनी नै मुख्यमन्त्री बन्ने छन् । 

प्रदेश १ मा केपी ओली समूहबाट शेरधन राई, झलनाथ खनाल पक्षबाट भीम आचार्य र माधव नेपाल पक्षबाट जीवन घिमिरे मुख्यमन्त्रीका दाबेदार छन् । प्रदेश १ का ९३ सांसद मध्ये एमालेका ५१ जना छन् । ५१ मध्येबाट संसदीय दलको निर्वाचनमा जसले बहुमत ल्याउँछ, उनी संसदीय दलको नेता र मुख्यमन्त्रीको उम्मदेवार बन्न पाउँछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!