प्रदेश १ मा दलित र अल्पसंख्यकका लागि मतदान हुँदै

Posted on: 06 Feb, 2018

माघ २३, विराटनगर | प्रदेश नं १ मा बुधबार हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । 

विराटनगरस्थित वीरेन्द्र सभागृह मतदानकेन्द्रमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको समय निर्धारण गरिएको सहायक मुख्य निर्वाचन अधिकृत नवराज दुलालले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख÷उपप्रमुख र गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षका लागि एउटा मतदान केन्द्र र प्रदेशसभा सदस्यका लागि अर्को मतदान केन्द्रको व्यवस्था मिलाइएको छ । 

निर्वाचनलाई दृष्टिगत गरी सुरक्षाको व्यवस्थासमेत मिलाइएको छ । सो प्रदेशबाट आठ जना निर्वाचित हुनुपर्नेमा महिला र खुला गरी छ जना निर्विरोध निर्वाचित भइसक्नुभएको छ । एक पद दलित र एक पद अपाङ्ग÷अल्पसंख्यकका लागि मतदान हुँदैछ । सो प्रदेशमा ३६७ मतदाता छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!