अबको सरकार वाम गठबन्धनले चलाउनुपर्छ: राज्यमन्त्री श्रेष्ठ

Posted on: 07 Feb, 2018

माघ २४, अछाम | आपूर्ति राज्यमन्त्री सुशीलकुमार श्रेष्ठले वाम गठबन्धनको बहुमत रहेकाले स्वभाविकरुपमा अबको सरकार वाम गठबन्धनले चलाउनुपर्ने बताउनुभएको छ । 

राप्रपा अछामको अगुवा कार्यकर्ता भेलालाई कमल बजारमा आज सम्बोधन गर्दै सो पार्टीका नेता श्रेष्ठले सो कुरा बताउनुभएको हो । 

तत्कालका लागि वाम गठबन्धनले देशको नेतृत्व गरे पनि अन्ततः लोकतान्त्रिक र वाम गठबन्धन मिलेरै देशको समृद्धिमा लाग्नुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो । 

मन्त्री श्रेष्ठले देशमा हिन्दूराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापनाका लागि आगामी वैशाखबाट देशैभर सशक्तरुपमा आन्दोलन गर्ने उद्घोष गर्नुभयो । राप्रपा अछामका अध्यक्ष मीनबहादुर शाहीको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय प्रवक्ता भुवन पाठक र केन्द्रीय सदस्य श्यामबहादुर शाहीले पनि समसामयिक राजनीति र पार्टीको रणनीतिका विषयमा पार्टीका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिनु भएको थियो ।रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!