भारतीय हस्तक्षेप विरुद्ध अखिल क्रान्तिकारीको विरोध पर्दशन

Posted on: 08 Feb, 2018

भास्कर केसी/माघ २५, कञ्चनपुर । अखिल (क्रान्तिकारी) कञ्चनपुरले भारतीय हस्तक्षेप र सिमा अतिक्रमणको विरोधमा बिहिबार कञ्चनपुरको भिमदत्त नगरपालिका– १८ स्थिीत विज्ञान क्याम्पसबाट र्याली निकाली बजार परिक्रमा गरी विरोध प्रदर्शन गरेको छ ।


र्याली पश्चात मदन चौकमा गरिएको कोण सभामा बोल्दै अखिल (कान्तिकारी)का केन्द्रीय सदस्य विरेन्द्र शाहले भारतले अहिले देशभरी सिमा जोडिएको स्थानमा अतिक्रमण गरी यहाँको भु–भागलाई भारतमा गाभ्दै गएकोले यसलाई तुरुन्त रोक्नुपर्ने र हाम्रो अतिक्रमण गरेको भुमि हामीलाई फिर्ता गुर्नपर्ने साथै भारतीय विदेश मान्त्री सुषमा स्वराजको भम्रण नेपाली राजनीतिमा नाङ्गो हस्तक्षेप भएकोले यसलाई रोक्नु पर्ने, यस्ता कार्य नरोकेमा आफ्नो विद्यार्थी संगठन चुप लागेर नबस्ने र कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने बताउनु भयो  ।

कोणसभामा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रकाश जफ्रेलको लगायत विभन्न क्याम्पसका विद्यार्थीहरुको सहभागि रहेको थियो उक्त कोणसभालाई अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष शकंर महराले गर्नु भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!