माओवादी केन्द्रले प्रदेश १ को संसदीय दलको नेता चयन गर्यो

Posted on: 08 Feb, 2018

माघ २५, विराटनगर । नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङ (ताप्लेजुङ) लाई सर्वसम्मत चयन गरेको छ । 

माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताउनुभयो । 

त्यस्तै पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्वो (पाँचथर) लाई पनि सर्वसम्मत चयन गरिएको छ ।

प्रदेश नं १ का ९३ सांसद्मध्ये माओवादी केन्द्रका १५ र उदयपुरबाट माओवादी केन्द्रका सहयोगमा निर्वाचित नारायणबहादुर मगरको पनि पार्टीमा समर्थन रहेको संयोजक काफ्लेले बताउनुभयो । 

प्रदेश नं १ का इन्चार्ज गोपाल किराँतीले पार्टीभित्र विचार र सङ्घर्ष हुनु स्वाभाविक हो भन्नुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!