एमाले संसदीय दलको नेतामा कँडेल

Posted on: 09 Feb, 2018

माघ २६, सुर्खेत । एमाले प्रदेश ६ संसदीय दलको नेतामा पोलिट्ब्युरो सदस्य यामलाल कँडेल सर्वसम्मत चयन भएका छन् । 

वीरेन्द्रनगरमा बिहीबार बसेको दलको बैठकले कँडेललाई सर्वसम्मत चयन गरेको हो । कँडेल सुर्खेत २ (क) बाट निर्वा्चित सांसद हुन् ।

पोलिट्ब्युरो सदस्य एवं सल्यान (ख) का प्रदेशसभा सदस्य प्रकाश ज्वालाले कँडेललाई दलको नेतामा प्रस्ताव गरेका थिए । ज्वालाको प्रस्तावलाई संसदीय दलले सर्वसम्मत अनुमोदन गरेको सांसद दल रावलले जानकारी दिए ।यसअघि दलको नेतामा कँडेल र ज्वालाबीच रस्साकस्सी थियो ।

पूर्वमन्त्रीसमेत रहेका कँडेल मुख्यमन्त्रीको दाबी गर्दै प्रदेशसभा झरेका थिए । तर, वाम गठबन्धनका शीर्ष नेताहरुबीच प्रदेश ६ को मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति भएसँगै उनी मुख्यमन्त्रीको दौडबाट बाहिरिन पुगे । 

बैठकको अध्यक्षता ज्येष्ठ सदस्य पदमलाल रोकायाले गरेका थिए ।प्रदेश ६ मा एमाले प्रदेशसभाको ठूलो दल हो । ४० सदस्यीय प्रदेशसभामा एमालेका २० सांसद छन् । १३ सांसद भएको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दैछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!