प्रदेश ७ को सभामुखमा एमाले सांसद थापा निर्विरोध निर्वाचित

Posted on: 10 Feb, 2018

माघ २७, कैलाली । प्रदेश ७ को सभामुखमा एमाले सांसद अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।


सभामुखका लागि वाम गठबन्धनका थापाको मात्र उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् ।

थापाको प्रस्तावकमा दीर्घ सोडारी चता समर्थकमा त्रिलोचन भट्ट छन् । थापाले दलहरुको भावना बुझेर अगाडि बढ्ने बताए ।

६२ वर्षीय थापा बझाङ १ क बाट प्रदेशसभा सांदसमा विजयी भएका थिए । २०३६ सालमा शिक्षक संगठनबाट राजनीतिमा प्रवेश गरेका थापा २०५६ को आमचुनावमा प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!