नेपाल शिक्षक संघ सुस्तामा चौधरी र प्रतापपुरमा गुप्ता

Posted on: 10 Feb, 2018

श्याम थापामाघ २७, सुस्ता । नेपाल शिक्षक संघ गाउँ कार्यसमितीको चयन भएको छ । 

प्रतापपुर गाउँपालिकामा भएको भेलामा नेपाल शिक्षक संघ सुस्ता गाउँ कार्यसमितीका सभापतीमा मोती प्रसाद चौधरी चयन हुनु भएको छ भने नेपाल शिक्षक संघ गाउँ कार्यसमिती प्रतापपुर गाउँपालिकाका सभापतीमा शदानन्द गुप्ता चयन हुनु भएको छ । 

बिरेन्द्र प्रा.बिका प्र.अ शदानन्द गुप्ताका सभापतीत्वमा र नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती नवलपरासीका सभापती बिक्रम यादवको प्रमुखअतिथ्यतामा भएको नेपाल शिक्षक संघ गाउँ कार्यसमितीका भेलामा चौधरी र गुप्ता सभापतीमा चयन हुनु भएको हो । 

भेलाले नेपाल शिक्षक संघ सुस्ता गाउँ कार्यसमितीमा महिला उपाध्यक्ष शर्बदा क्षेत्री,उपाध्यक्ष जनता दलित प्रा.बि का प्र.अ उदय रुचाल र सचिवमा रामभवन यादव रहनु भएको छ । 

त्यसतै नेपाल शिक्षक संघ प्रतापपुर गाउँ कार्यसमितीमा महिला उपाध्यक्ष लक्ष्मी कु्मारी नेपाल,उपाध्यक्षमा महेन्द्र कुशवाहा,सचिवमा पंचम बि.क र अर्थसचिवमा अवधेश गुप्ता चयन हुनु भएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!