विपद् व्यवस्थापन गोष्ठी

Posted on: 12 Feb, 2018

माघ २९, नेपालगञ्ज | स्थानीय तहका निर्वाचित पदाधिकारी र सदस्यका लागि सञ्चालित विपद् व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी आज यहाँ सम्पन्न भएकोे छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको आयोजनामा भएको गोष्ठीमा विपद् व्यवस्थापनसम्बन्धी ऐन, कानून र नीति, नियमका विषयमा सहभागीहरुलाई ज्ञान दिइएको थियो । 

गोष्ठीमा डुडुवा, राप्तीसोनारी, नरैनापुर, जानकी, खजुरा, वैजनाथ, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिकाका प्रमुख, उपप्रमुख, विपद् व्यवस्थापनका मुख्य सम्पर्क व्यक्ति, विषयगत क्षेत्र अगुवा निकायका प्रमुख एवं प्रतिनिधिलगायतको सहभागिता थियो । 

गोष्ठी समापनका अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र बस्नेतले अब स्थानीय तहको संरचनामा विपद् व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!