प्रदेश नम्बर ६ को उपसभामुखको निर्वाचन फागुन ५ गते

Posted on: 12 Feb, 2018

माघ २९, सुर्खेत | प्रदेश नम्बर ६ को उपसभामुखको निर्वाचन आगामि फागुन पाँच गते हुने भएको छ। प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काले सोमबार उपसभामुखको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेका छन्।उनले सार्वजनिक गरेको कार्यतालिका अनुसार उपसभामुखको निर्वाचन फागुन पाँच गने शनिबार एक बजे हुनेछ। सचिवालयले निर्वाचन अघिल्लो दिन फागुन चार गते उम्मेदवारी दर्ता गराउने छ।

एमालेसँग भएको भागबण्डाको सहमति अनुसार माओवादी केन्द्रले उपसभामुख पाउने छ। सभामुख पुरुष भएपछि माओवादी केन्द्रले महिला उपसभामुख पठाउनु पर्नेछ। माओवादी सांसदहरु बिमला केसी, कृष्णा शाह र सिता नेपाली उपसभामुखका लागि इच्छुक देखिएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!