अखिल छैठौं अर्घाखाँचीको बिशेष सांगठनिक अभियान

Posted on: 12 Feb, 2018

माघ २९ अर्घाखाँची | अखिल छैठौं अर्घाखाँचीले संचालन गरेको बिशेष सांगठनिक अभियान अन्तरगत आज पनि बिभिन्न तहमा कार्यक्रम सम्पन्न भएका छन् । जस अन्तरगत आज आदर्श माध्यमिक विद्यालय खनदहमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

अखिल छैठौंका जिल्ला सदस्य आकाश भाटको अध्यक्षता र हिम्मत खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा जिल्ला सह–सचिव सन्देश खनालले प्रशिक्षण दिनुभएको थियो । भेलाले सरोज खनालको अध्यक्षतामा ७१ सदस्यिय अखिल छैठौं आदर्श माध्यमिक विद्यालय मुल इकाइ समितिको गठन गरेको छ । नव गठित समितिको उपाध्यक्षमा गोविन्द सुनार,सचिव सचिन के.सी.,सह–सचिव अजय खनाल र कोषध्यक्षमा सुजन खनाल चयन हुनुभएको छ ।

यस्तै आजै सोही टोलीले कालिका ने.रा.मावि खनमा पनि भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । भेलाले मनोज खड्काको अध्यक्षतामा ४१ सदस्यिय अखिल छैठौ कालिका ने.रा.मावि खनको गठन गरेको छ । जसको उपाध्यक्षमा अरुणा खनाल,सचिव अविनास खनाल,सह–सचिव सचिन पोख्रेल र कोषध्यक्षमा नवराज खनाल चयन हुनुभएको सन्देश खनालले जानकारी दिनुभएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!