जनयुद्ध दिवसलाई सम्झदै सांसद नेत्रनाथ अधिकारीले भने–२३ बर्षको सपना अब पाँच बर्षमा पुरा गर्नुछ

Posted on: 13 Feb, 2018


नेकपा माओवादी केन्द्र पर्वत जिल्ला ईन्चार्ज तथा ४ नम्वर प्रदेश सभासद् नेत्र अधिकारी हिमालले २३ औ जनयुद्ध दिवस तथा वाईसियल पर्वतको जिल्ला भेलाको अवसरमा कुश्माबजारमा मंगलबार बोल्दै समृद्धि र समाजवादको लागि युवाहरु श्रममा लाग्नुपर्ने बताए । सभासद् अधिकारीले युवाले नै परिवर्तनको बाहक भएकाले युवाहरु ईमान्दारीका साथ देशविकासमा लाग्नुपर्नेमा जोड दिएका छन् । अधिकारीले अव ५ वर्षका लागि साझा व्यक्ति ४ नम्वर प्रदेशको सभामुख हुनुपर्ने भएकाले जिल्लापार्टिलाई चुस्त दुरस्त राख्न पार्टी पङ्गतीलाई आग्रह गरेका थिए ।

पर्वत जिल्ला वाईसियल भेला आयोजक समितिका संयोजक हरिपौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सहईन्चार्ज गुप्तबहादुर हमाल, गगन बहादुर थापा लगायतले बोलेका थिए ।
यसैबिच वाईसियल तेस्रो जिल्ला सम्मेलन अयोजक समितिको अध्यक्षमा भोज बहादुर परियार चयन भएका छन् ।

३९ सदस्यीय आयोजक समिती रहेको वाइसियल पर्वतको तेस्रो जिल्ला सम्मेलनका लागि उपाध्यक्षमा रुपक भट्ट, कमल लामिछाने, वलराम नेपाली, डण्डपाणी भट्टराई चयन भएका छन् त्यसैगरी सचिवमा लील क्षेत्री, कृष्ण, सहसचिवमा प्रवेश पुर्जा, किसान विक, सूर्य मल्ल थापा रहेका छन् त्यसैगरी सदस्यहरुमा एलिस परियार, सन्देश भुजेल, हेम बहादुर पुन, श्याम पुन, राजु विक, अमिर परियार, भीम फकामी, मुरारी सुवेदी, प्रमानन्द चापागाई, युवराज न्यौपाने, प्रदिप सुवेदी, नारायण पौडेल, कृष्ण विक, विष्णु भुसाल, प्रेम शर्मा लगायतका रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!