प्रदेश २ को मुख्यमन्त्रीमा राउत नियुक्त

Posted on: 14 Feb, 2018

फागुन २, जनकपुरधाम । संघीय समाजवादी फोरम नेपालका नेता लालबाबु राउत प्रदेश २ को मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

बिहीबार बिहान प्रदेश प्रमुख रत्ननेश्वरलाल कायस्थले राउतलाई नियुक्ती पत्र प्रदान गरेपछि आधिकारिक रुपमा राउत प्रदेश २ को मुख्यमन्त्रीमा नियुक्त भएका हुन।

कार्यालय परिसरमा आयोजित कार्यक्रममा कायश्थले राउतलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र नै दिएका छन् ।


राजपाको समर्थनमा राउतले मंगलबार मात्र मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । १०७ सदस्यीय प्रदेशसभामा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन् ।

यस प्रदेशमा बहुमत ल्याएको संघिय समाजवादी फोरम र राजपा नेपालले मिलेर सरकार गठन गर्ने छन् । दुवै पार्टीबीच भएको सम्झौता अनुसार मुख्यमन्त्री फोरमले लिने र सभामुख राजपाले लिने गरि भागबण्डा भएको थियो ।

मुख्यमन्त्री नियुक्त भएपछि संक्षित प्रतिक्रिया दिँदै राउतले विकासका लागि सबैसँग सहकार्य गर्ने बताए । साथै सबैको सहयोगमा प्रदेश २ लाई नमुना प्रदेश बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाए । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!