सरकार छोड्नै लाग्दा बाणिज्य मन्त्री विश्वकर्माले गरे यस्तो दाबी, बामगठबन्धनमा हलचल (भिडियो)

Posted on: 15 Feb, 2018

पर्वत । नेपाल सरकारका आपूत्र्ति तथा बाणिज्य मन्त्री मिन विश्वकर्माले देउवा सरकारको बचाउ गरेका छन् । सरकारले गरेका कामहरु सवै ठिक भएको भन्दै देउवा सरकारको बचाउ गरेका हुन् ।
देउवा सरकारले विभिन्न समयमा शहिद घोषणा, बजेट वितरण, मन्त्रीलाई उपचार खर्च, विभिन्न लोकप्रिय योजनाहरु ल्याउनु सहि भएको भन्दै उनले देउवा र देउवा सरकारको बचाउ गरेका हुन् ।

ऋषि धमलासँग अन्तरबार्ता दिदै उनले देउवा सरकारको बचाउ गरेका हुन् । नागरिकको लागि ल्याइएका लोकप्रिय कार्यक्रमहरु बृद्धाभत्ता पाउने उमेरहद घटाउनु, मुटु, मृगौला लगायतका रोगी पिडितलाई उपचार खर्च स्वरुप ५ हजार दिने घोषणा गर्नु, बेरोजगार भत्ता लगायतका सरकारले ल्याएको कार्यक्रमहरु जनताको लागि भएका कारण हिम्मत भए अबको सरकारले हटाउन सक्ने भन्दै चेतावनी दिए ।
जनताको पक्षमा काम गर्दा अलोकप्रिय काम गरेको भन्नु गलत भएको उनको टिप्पणी छ ।

भिडियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!